१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

ओलीको प्रस्तावले देउवा दंग : भन्छन् ज्योतिषले ७ पटक प्रधानमन्त्री बन्नुहुन्छ भनेको छ

ओलीको प्रस्तावले देउवा दंग : भन्छन् ज्योतिषले ७ पटक प्रधानमन्त्री बन्नुहुन्छ भनेको छ
file
अ अ+ अ-

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आन्तरिक विवाद चुलिएपछि पार्टी बिभाजनको चर्चा चलिरहेको छ । यस्तैमा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकताका लागि भईरहेको अन्तिम छलफल लगभग असफल भएको छ ।

यहीबीचमा प्रधानमन्त्री ओली सत्ता जोगाउन अनेक उपायहरु अपनाउन खोजिरहेका छन् । नेकपाको स्थायी कमिटीमा प्रधानमन्त्रीको राजीनामा मागिएपछि ओली पार्टी फुटाउन तम्सिएका हुन् । यसैबीच उनले सत्ता समीकरणका लागि नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवासंग गोप्य छलफल गरेपछि सरकारमा भागबण्डाका लागि सुवास नेम्वाङलाई दूतका रुपमा भेट्न पठाएका छन् ।

ओलीको दूतका रुपमा नेम्वाङले देउवालाई गृह र अर्थ मन्त्रालय कांग्रेसलाई दिने प्रस्ताव पेश गरेका छन् । करिब दुई तिहाई बहुमतको सरकार आन्तरिक कलहका कारण प्रमुख प्रतिपक्षी दलसंग सत्ता साझेदारी गरेर अगाडी जाने सोँचमा पुगेको हो । अघिल्लो चुनावमा आफूलाई ज्योतिषीले सात पटक प्रधानमन्त्री बन्ने भनेकाले आफू नै आगामी प्रधानमन्त्री हुन्छु भन्ने अभिव्क्तिले देउवालाई चर्चामा ल्याएको थियो ।

आजको भेटमा नेम्वाङ संग ठट्टा गर्दै ज्योतिषीले ७ पटक प्रधानममन्त्री बन्नुहुन्छ भनेको थियो तपाई यस्तो प्रस्ताव ल्याउनु हुन्छ भनेको बताए । तर आफुले कुनै वचन नदिएको देउवाले बैठकलाई जानकारी गराए । यस विषयमा केन्द्रीय सदस्य डा मिनेन्द्र रिजालले समन्वय गरेकाले उनैलाई धेरै कुरा थाहा भएको देउवाले बताए । नेपाल समाचारपत्र दैनिक