२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकार महासङ्घद्वारा घटनामा संलग्नलाई कानूनी कारवाहीको माग



अ+ अ-

कैलाली । नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशले सञ्चारकर्मीमाथि भएको हातपात र गालीगलौज गरेको घटनामा संलग्नलाई कानूनी कारवाहीको माग गरेको छ । आइतबार समाचार सङ्कलनका लागि प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पुगेका दिनेश एफएम र दिनेश खबरमा कार्यरत सञ्चारकर्मी कमल साउदमाथि धनगढी–५ का हर्कबहादुर देउवा र निजका छोरा ठक्करले मन्त्रालयको पशुपन्छी महाशाखाभित्रै हातपात र गालीगलोज गरेको भन्दै निजद्वयलाई कानूनबमोजिम कारवाही गर्नुपर्ने पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशका महासचिव योगेश रावलद्वारा यहाँ जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

समाचार प्रकाशन र प्रसारणका बारेमा विमति भए हरेक नागरिकलाई कानूनी उपचार रोज्ने हक हुँदाहुँदै उत्तेजित भई सञ्चारकर्मीलाई हातपात र गालीगलोज गर्ने कार्य निन्दनीय भएको विज्ञप्तिमा उल्लेख छ ।