३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपामा कुरा नमिलेपछि स्थायी समिति बैठक फेरि स्थगित



अ+ अ-

काठमाडौँ । नेकपामा सहमति हुन नसकेपछि स्थायी समितिको बैठक फेरि स्थगित भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीलाई पार्टी र सरकारबाट हट्न स्थायी समितिमा बोल्ने अधिकांश सदस्यहरुले माग गरिरहेका थिए । त्यसैले पार्टीभित्र सहमति कायम गरेपछि मात्र स्थायी समितिको बैठक बस्ने भन्दै यो बैठक स्थगित हुदै आएको छ । 

पछिल्लो पटक बैठक आज ११ बजेका लागि राखिएको थियो । तर आज अन्तिम समयमा आएर सो बैठक आगामी बुधबारसम्मका लागि स्थगित गरिएको सूचना नेकपाले जारी गरेको छ । 
विभाजनको उत्कर्षमा पुगेको नेकपामा सहमति खोज्ने प्रयास भने जारी छ । सोही प्रयासस्वरुप हिजो पनि दुई अध्यक्ष ओली र प्रचण्डबीच छलफल भएको थियो । 

हिजोको सो छलफल निष्कर्षमा पुग्न नसकेपछि आज फेरि दुवै पक्षबीच छलफल हुने बताइएको छ ।