२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको १५औँ महाधिवेशन पेपरलेस र डिजिटल प्रविधिबाट गराउने तयारी मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुन निर्माण गर्छ : सभामुख अर्याल अर्थतन्त्र अझै जटिल अवस्थामा छ, मौद्रिक नीतिले सुधारमा ध्यान दिनुपर्छः परिसंघ उपाध्यक्ष घिमिरे ३–५ वर्षको मध्यमकालीन दृष्टिकोणसहित मौद्रिक नीति ल्याउन अर्थविद् थापाको सुझाव माधवजी र मलाई कसरी सिध्याउने भन्नेमा ओलीको हाइटमा बालेन छैनन्ः दाहाल निर्माण व्यवसायीले सरकारबाट भुक्तानी नपाउँदा बैंकिङ क्षेत्र दबाबमा छः सिईओ ज्ञवाली मालदह आँपको उत्पादन घट्दा बजार मूल्य दोब्बर, किसान भने मूल्यबाट वञ्चित कोशी प्रदेशसभाः विनियोजन विधेयकमाथिको छलफल सकियो बेपत्ता कर्मचारी हटाउने अभियानमा कृषि मन्त्रालय, नार्कका दुई कर्मचारी सेवाबाट बर्खास्त मौद्रिक नीति कसिलो बनाउने आधार छैन : पूर्वगभर्नर अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेरि एक पटक रुपान्तरण जरुरीः सचिव भट्टराई



अ+ अ-

काठमाडौँ । नेकपा एमाले सचिव योगेश भट्टराईले राजनीतिक दल र राज्यको सेवा प्रवाहमा रुपान्तरणको आवश्यकता रहेको बताउनुभएको छ ।

ललितपुरमा शनिवार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बन्दुकले सेना कुट्ने र मार्ने र हान्ने बाहेक केही नदेखेको माओवादी पनि रुपान्तरण भएर अहिलेको संविधानमा आएको उल्लेख गर्दै आवश्यक पर्दा राजनीतिक दल र नेताहरु रुपान्तरण भइरहेको बताउनु भयो । उहाँले राजनीतिक पार्टी पनि नेता पनि आज फेरि एक पटक रुपान्तरण हुन जरुरी रहेको बताउनु भयो । आजको नयाँ पुस्तालाई उपयुक्त अवसरको सिर्जना गर्ने र राज्यलाई जनतासँग नजिक पु¥याउने काममा लाग्नुपर्ने बताउनु भयो । आज राज्य जनतासँग नजिक भएको अनुभुति हुन नसकेको बताउनु भयो । सुशासन र सेवा प्रवाहका बारेमा राज्य रुपान्तरित भएर अघि बढ्नु आजको आवश्यकता रहेको जिकिर गर्नुभयो । मध्यमवर्गलाई राज्यले हेर्न नसकेको बताउनु भयो ।

सचिव भट्टराईले भन्नुभयो, ‘हामी वामपन्थीहरु, जो जन्मजातै गणतन्त्रवादी भनेर हिँड्छौँ हामीले आफूलाई । २०४६ सालपछि यो ०४७ को संविधान मान्नुपर्छ । संवैधानकि राजासँग पनि सम्झौता गरेर जान सकिन्छ भन्ने विचार बनायौँ । त्यो रुपान्तरण नभएको भए कसरी हुन्थ्यो । त्यो विचारले काम लागेन । किनकी सम्झौता राजाले भंग गरेका थिए । हामीले होइन । तिमीसँगको सम्झौता भंग भयो, हामी अघि बढ्यौँ भन्यौँ । बन्दुक र सेना बाहेक कुट्ने र मार्ने र हान्ने बाहेक केही नदेखेको माओवादी कसरी ०७२ को संविधानमा आयो । जहाँ बहुदलीय प्रतिष्पर्धा, मानव अधिकार, मान्छेको मूल्य, राजनीतिक चेतनाको कुरा छ । त्यो हिजोको माओवाद सिद्धान्तमा त्यति मेल खाने कुरा थिएन ।

आज यहाँ आइपुगेको माओवादी रुपान्तरण बिना कसरी आयो ? हो हामी आवश्यक पर्दा रुपान्तरण हुँदा रहेछौँ । राजनीतिक पार्टी पनि नेता पनि आज फेरि एक पटक अर्को एक झमट रुपान्तरणको आवश्यकता छ । त्यसले हामीलाई यहाँ भन्दा अझ माथि लैजान्छ । आजको नयाँ पुस्तालाई उपयुक्त अवसरको सिर्जना गर्ने र राज्यलाई जनतासँग नजिक पु¥याउने । आज राज्य जनतासँग नजिक भएको अनुभुति भएन । सुशासन, डेलिभरीका कुराहरु छन् । जो सहज हुनुपर्ने थियो, त्यो सहज नहुँदा मध्यमवर्ग छट्पटिएका छन् । गिटी कुट्ने, मकै पोलेर खानेलाई राज्यले खोजेको पनि छैन । राज्यले केही दिएको छैन ।’

सचिव भट्टराईले अवसरहरुको ठिक ढंगले उपयोग गर्नुपर्ने जरुरी रहेको बताउनु भयो । सुशासन, सेवाहरु सहज बनाउनुपर्ने आवश्यकता रहेको बताउनु भयो । राज्य रुपान्तरण हुन जरुरी रहेको बताउँदै विगतको रुपान्तरणले नपुगेको बताउनु भयो ।




भर्खरै