२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता

आईपीएलः मुम्बई इन्डियन्स क्वालिफायर–२ मा, गुजरात टाइटन्सको यात्रा समाप्त

आईपीएलः मुम्बई इन्डियन्स क्वालिफायर–२ मा, गुजरात टाइटन्सको यात्रा समाप्त
अ अ+ अ-

काठमाडौँ । आईपीएल २०२५ अन्तर्गत एलिमिनेटर खेलमा मुम्बई इन्डियन्सले गुजरात टाइटन्सलाई २० रनले हरायो ।

यो जितसँगै हार्दिक पाण्ड्याको नेतृत्वमा रहेको टोली क्वालिफायर–२ मा पुगेको छ । अब, उसले जुन १ मा अहमदाबादमा पञ्जाब किंग्सको सामना गर्नेछ ।

शुक्रबार नयाँ चण्डीगढमा खेलिएको एलिमिनेटर खेलमा मुम्बई इन्डियन्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्दै २० ओभरमा पाँच विकेट गुमाउँदै २२८ रन बनाएको थियो ।

जवाफमा गुजरातले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै २०८ रन मात्र बनाउन सक्यो । उनीहरूका लागि साई सुदर्शनले ८० रनको सानदार पारी खेलेपनि टोलिलाई जिताउन सकेनन् ।

गुजरातको सुरुवात कमजोर रह्यो । कप्तान शुभमन गिलले केवल एक रन मात्र बनाउन सके । उनी ट्रेन्ट बोल्टको शिकार बने । यसपछि कुसल मेन्डिस क्रिजमा आए र हिट विकेट लिएर पेभिलियन फर्किए । उनले साई सुदर्शनसँग ३४ बलमा ६४ रनको साझेदारी गरे ।

त्यसपछि सुदर्शनले वाशिंगटन सुन्दरको साथ पाए । दुवै बीच ४४ बलमा ८४ रनको साझेदारी भयो । सुन्दरले ४८ र सुदर्शनले ८० रन बनाए । जबकि, रदरफोर्डले २४ र शाहरुख खानले १३ रन बनाए ।

राहुल तेवाटिया १६ रनमा अविजित रहे भने राशिद खान खाता नखोलीकनै अविजित रहे । मुम्बई इन्डियन्सका लागि ट्रेन्ट बोल्टले दुई विकेट लिए भने जसप्रित बुमराह, रिचर्ड ग्लीसन, मिचेल सान्टनर र अश्विनी कुमारले एक–एक विकेट लिए ।

यसअघि, रोहित शर्मा र जोनी बेयरस्टोको ओपनिङ जोडीले मुम्बईलाई द्रुत सुरुवात दिलाए । पहिलो विकेटको लागि दुवै बीच ८४ रनको साझेदारी भयो । साई किशोरले यस खेलमा डेब्यू गरिरहेका बेयरस्टोलाई जेराल्ड कोएत्जीबाट क्याच गराए ।

उनी २२ बलमा चार चौका र तीन छक्काको मद्दतले ४७ रन बनाएपछि आउट भए । यसपछि रोहितलाई सूर्यकुमार यादवको साथ मिल्यो । दुवैले ३४ बलमा ५९ रन जोडे । यस क्रममा सूर्यकुमारले २० बलको सामना गरे र ३३ रन बनाएर पभेलियन फर्किए ।

यस खेलमा रोहित शर्माले २८ बलमा आफ्नो अर्धशतक पूरा गरे । यसबाहेक, उनले आईपीएलमा ३०० छक्का पनि पूरा गरे । उनी आईपीएलमा ३०० छक्का प्रहार गर्ने पहिलो सक्रिय खेलाडी बने । अब उनको नाममा ३०२ छक्का दर्ता भएका छन् ।

रोहितले तिलक वर्मासँग तेस्रो विकेटको लागि २२ बलमा ४३ रन जोडे । पूर्व कप्तानले ५० बलमा नौ चौका र चार छक्काको मद्दतले ८१ रन बनाउन सफल भए ।

सोही समयमा, तिलक ११ बलमा २५ रन बनाएर आउट भए भने नमन धीर नौ रन बनाएर आउट भए । हार्दिक पाण्ड्या नौ बलमा तीन छक्काको मद्दतले २२ रनमा अविजित रहे भने सान्टनरले खाता नखोलीकनै अविजित रहे । गुजरातका लागि प्रसिद्ध कृष्ण र साई किशोरले समान दुई विकेट लिए भने मोहम्मद सिराजले एक विकेट लिए ।