२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

साढे २२ केजी चरेशसहित दुई पक्राउ



अ+ अ-

दाङ । साढे २२ केजि चरेशसहित २ जना पक्राउ परेका छन् । सोमबार प्रदेश ५ नंम्बर प्रहरी कार्यालयको विशेष प्रहरी टोलीले चरेशसहित दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा गुल्मी जिल्लाको मदाने गाउँपालिका वडा नं. ७ निवासी २९ वर्षीय मेघराज गिरी र रुकुम पूर्व जिल्लाको सिस्ने गाउँपालिका वडा नं. ८ स्यालापाखा निवासी ३५ वर्षीय रतिभान दमाई रहेका छन्। प्रदेश प्रहरी कार्यालयको विशेष टोलीले उनीहरूलाई बुटवलबाट पक्राउ गरेको हो।

प्रहरी निरीक्षक प्रमोद क्षेत्रीको कमाण्डमा गएको विशेष टोलीले बुटवल उपमहानगरपालिका वडा नं.१२ हरियाटोल निवासी धनबहादुर दमाईको खाली घरमा लुकाई राखेको अवस्थामा उक्त परिमाणमा चरेश बरामद गरेको थियो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी प्रवक्ता बैदवारले बताए।