३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

हावाबाट पनि कोरोना भाइरस सर्ने वैज्ञानिकहरुको दावि



अ+ अ-

काठमाडौं । हावाका साना कणमा पुगेका कोरोना भाइरसबाट पनि मानिसमा संक्रमण हुन सक्ने दाबी गर्दै केही वैज्ञानिकहरूले विश्व स्वास्थ्य संगठनलाई कोरोना भाइरससम्बन्धी निर्देशिका संशोधन गर्न आग्रह गरेको विवरण न्यूयोर्क टाइम्सले प्रकाशित गरेको छ ।

कोरोना भाइरसबारे अनुसन्धान गरिरहेका विभिन्न ३२ देशका २३९ वैज्ञानिकहरूले यसबारे विश्व स्वास्थ्य संगठनलाई खुलापत्र पठाएर त्यस्तो माग गरेका हुन् । उनीहरूले उक्त पत्रमा आफूले फेला पारेका प्रमाणहरू उल्लेख गरेका छन् । ती वैज्ञानिकहरू आफ्नो अनुसन्धान चाँडै एउटा वैज्ञानिक जर्नलमा प्रकाशित गर्ने योजनामा भएको न्यूयोर्क टाइम्सले जनाएको छ। विश्व स्वास्थ्य संगठनकाअनुसार कोरोना भाइरस संक्रमित व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक वा मुखबाट निस्किने छिटाबाट अर्को व्यक्तिमा सर्छ ।

जुन २९ मा अद्यावधिक गरिएको जानकारीमा उसले पाँच माइक्रोनभन्दा साना छिटा बने हावाको माध्यमबाट पनि कोरोना भाइरस सर्न सक्ने जनाएको छ ।

न्यूयोर्क टाइम्सका अनुसार वैज्ञानिकहरूले हाछ्युँ गर्दा निस्किने साना वा ठूला ड्र्प्लेट अर्थात् छिटा हावामा केही परसम्म फैलिन सक्ने भएकाले कोरोना भाइरसको संक्रमण हुनसक्ने दाबी गरेका छन् ।

तर विश्व स्वास्थ्य सङ्गठनका अनुसार अहिले उपलब्ध प्रमाणहरू त्यो दाबी पुष्टि गर्न पर्याप्त छैनन् । विश्व स्वास्थ्य संगठनको कोरोनाभाइरस संक्रमण नियन्त्रण गर्ने विभागकी प्रमुख प्राविधिक डा. बेनेडेटा अलेन्ग्रान्जीलाई न्यूयोर्क टाइम्सलाई हावाको माध्यमबाट फैलिन सक्ने सम्भावनाबारे आफूहरूले विगत दुई महिनादेखि विचार गरेको बताइन् । 'तर ठोस वा स्पष्ट प्रमाणका आधारमा हैन,' उनले भनिन्, 'यसबारे ठूलो विवाद छ।'