२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एशियाली राष्ट्रहरूबीच सहकार्य र नवप्रवर्तनमार्फत कृषि प्रणाली रुपान्तरण गर्न आवश्यकः मन्त्री अधिकारी



अ+ अ-

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले एशियाली राष्ट्रहरूबीच सहकार्य र नवप्रवर्तनमार्फत कृषि प्रणाली रुपान्तरण गर्न आवश्यक रहेको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित एशियाली खाद्य तथा कृषि सहयोग पहल (अफासी)को सातौँ महासभालाई सम्बोधन गर्दै मन्त्री अधिकारीले दिगो कृषि अभ्यास र खाद्य सुरक्षामा क्षेत्रीय सहकार्यलाई सुदृढ गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले अफासी एशियाली राष्ट्रहरूमाझ कृषि र खाद्य सुरक्षामा सहकार्य, नविनता र आपसी अध्ययनको एक महत्वपूर्ण प्लेटफर्म भएको समेत उल्लेख गर्नुभयो । उहाँले जलवायु परिवर्तन, खाद्य असुरक्षा र ग्रामीण जीविकोपार्जन जस्ता साझा चुनौतिहरूसँग जुध्न आपसी सहकार्य र समन्वय आवश्यक रहेको समेत बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अफासी एशियाली राष्ट्रहरुमाझ कृषि र खाद्य सुरक्षामा सहकार्य, नविनता र आपसि अध्ययनलाई एक महत्वपूर्ण प्लेटफर्म भएको छ । यसको सुरुवातदेखि अफासीले कृषि अनुसन्धानलाई सुदृढ बनाउन दिगो फार्मिकको अभ्यासलाई प्रवद्र्धन गर्न र क्षेत्रीय खाद्य प्रणालीलाई सुधार गर्नमा महत्वपूर्ण योगदान गरेको छ । तपाईहरुको साझा प्रयासले जलवायु परिवर्तन, खाद्य असुरक्षा र ग्रामिण जिविकाजस्ता सामान्य चुनौतीहरुको सामना गर्नमा महत्वपूर्ण भूमिका खेलिरहेको छ । यो सभा त्यस समयमा आयोजना भइरहेको छ । जब विश्वले बढी लचिलो, समावेशी र दिगो कृषि प्रणाली निर्माण गर्न प्रयास गरिरहेको छ ।  हामीले साझा दृष्टिकोण, प्रयास र समन्वयमार्फत हाम्रो क्षेत्रमा कृषि रुपान्तरणका लागि नयाँ अवसरहरु पत्ता लगाउन सक्नेछौँ भन्ने हामीले विश्वास गरेका छौं ।’

उहाँले एशियाली राष्ट्रहरुको साझा दृष्टिकोण, प्रयास र समन्वयमार्फत कृषि रुपान्तरणका नयाँ अवसरहरू पहिचान गर्न सकिने विश्वास समेत व्यक्त गर्नुभयो ।




भर्खरै