३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोमबार थप १८० जनामा कोरोना संक्रमण



अ+ अ-

काठमाडौं । सोमबार नेपालमा थप १ सय ८० जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । 

काठमाडौं उपत्यकामा मात्रै सोमबार ५४ जना संक्रमित थपिएका छन् । प्रवक्ता डा. गौतमका अनुसार काठमाडौंमा २४, ललितपुरमा २० र भक्तपुरमा १० जनामा संक्रमण देखिएको छ ।

सोमबार २ सय ६४ जना संक्रमित निको भएर घर फर्किएका छन् । सोमबारसम्म संक्रमुक्त भएर ६ हजार ८ सय ११ जना डिस्चार्ज भएको उहाँले बताउनुभयो ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ७ सय २१ जनाको परीक्षण भएको छ । योसँगै सोमबारसम्म पीसीआर विधिबाट २ लाख ५५ हजार ७ सय २७ जनाको कोरोना परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट ३ लाख ११ हजार ७ सय २४ जनाको परीक्षण भएको छ । अहिले देशभरीका क्वारेन्टिनहरुमा २९ हजार २ सय १५ जना रहेका छन् । देशका विभिन्न अस्पतालका आइसोलेसनमा ९ हजार ११८ जना संक्रमित उपचाररत रहेका छन् ।

मन्त्रालयले पछिल्लो समयमा आत्महत्याका घटनाहरु बढिरहेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । एकहप्ताको अवधिमा २ महिलाले आत्महत्या गर्दा फेसबुक लाइभ गरेको कुरामा मन्त्रालयको ध्यानाकर्षण भएको प्रवक्ता डा. गौतमले बताउनुभयो । यस्ता घटनाहरुले आत्महत्यालाई प्रेरित गर्ने र बालबालिको दिमागमा नकारात्मक असर पर्ने भएकाले यस्ता भिडियोहरु सेयर नगर्न उहाँले आग्रह गर्नुभयो । भिडियोहरु देखेपछि तत्काल फेसबुकलाई रिपोर्ट गर्न उहाँले आग्रह गर्नुभयो ।