काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले बजेटमा रकम बिनाका शिर्षक राखिएको भन्दै असन्तुष्टि जनाउनुभएको छ ।
बिहीवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहँँले बजेटमा केही पपुलिस्ट कुराहरु पनि आएको बताउनु भयो । उहाँले धेरै कुराहरु अव्यवहारिक रहेको गुनासो गर्नुभयो । प्राथमिकता दिन खोजेका कुराहरु राम्रोसँग प्राथमिकता नदिएको बताउनु भयो । रोजागारी सिर्जना गर्ने कुरामा ध्यान नदिइएको आरोप लगाउनु भयो ।
उहाँले भन्नुभयो, ‘बजेटमा केही पपुलिस्ट कुराहरु आएका छन् । धेरै अव्यवहारिक छन् । केहीमा व्यवस्था गरेको छु भनेको रकम छैन । शिर्षक राखेको छ । रकम छैन । प्राथमिकता दिन खोजेका कुराहरु राम्रोसँग प्राथमिकता दिन खोजेको देखिएन । रोजागारी सिर्जना गर्ने कुरामा ध्यान दिइएको छैन ।’
वरिष्ठ उपाध्यक्ष पाण्डेले बजेटको कार्यान्वयन चुनौतिपूर्ण रहेको बताउनु भयो ।










