३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

डिजिटल प्लेटर्फमबाट अजय देवगनको ‘मैदान’ रिलिज हुने



अ+ अ-

मुम्बई । अजय देवगनको नयाँ फिल्म मैदान ओटीटी अर्थात् डिजिटल प्लेटर्फमबाट रिलिज हुने कुराले दंग परेका दर्शक फेरि निराश भएका छन् । यो फिल्मलाई अब सिनेमा हलमै रिलिज गर्ने भन्दै आउँदो मंसिरबाट यो फिल्मको रिलिज मिति अर्को वर्ष साउन पुर्याइएको छ । यो फिल्म अब १३ महिनापछि मात्र सिनेमा हलमा आउने भएको छ ।

फिल्म मैदान फुटबल खेलमा आधारित फिल्म हो । जसमा अजय देवगन एउटा प्रशिक्षणको भूमिकामा छन् । यो फिल्मलाई यसै वर्षको ११ डिसेम्बरमा रिलिज गर्ने लक्ष्यसहित अक्षय कुमार फिल्मको बाँकी छायांकन तयारीमा जुटेका थिए । तर, निर्माण पक्षले अबको पाँच महिनामा कोरोनाको महामारी घट्ने अवस्था नदेखेपछि एक वर्षपछि रिलिज मिति सारेको जनाएको छ । यसका निर्देशक अमित शर्माका अनुसार अजय देवगनको फिल्म मैदान अब सन् २०२१ को १३ अगस्टमा मात्र रिलिज हुने भएको छ ।

यो वर्ष गणतन्त्र दिवसमा रिलिज हुन नसकेपछि मंसिरमा सारिएको यो फिल्म फेरि अर्को गणतन्त्र दिवसमा रिलिज गर्ने तय भएको हो । यो फिल्म भारतका एक समयका फुलबलका चर्चित कोच सैयद अब्दुल रहिमको जीवनीमा आधारित छ । यो बायोपिक फिल्म भएकाले एउटा कोचको भूमिकाका लागि अजय देवगनले लामो समय प्रशिक्षण लिए । जब अरूलाई उनले फुटबल सिकाउन सक्ने भए । त्यसपछि मात्र उनले यो फिल्मको काम सुरु गरेका हुन् ।