१५ असार २०८३, सोमबार
,
Latest
लुम्बो हिमशिखरको पहिचान नेपालको परराष्ट्र नीतिमा ‘तरुल’ होइन ‘लालीगुराँस’को अवधारणा आवश्यकः पूर्वप्रधानमन्त्री भट्टराई सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो वैदेशिक सम्बन्ध कुनै पनि शक्ति राष्ट्रको पक्षमा उभिने जेरो–सम गेम होइन: परराष्ट्रमन्त्री शिशिर खनाल युरोपको सुरक्षा संरचनामा टर्कीलाई समावेश गर्न एर्दोगानको आग्रह प्रेमभावदेखि राष्ट्रभावसम्म समेटिएको विधान श्रेष्ठको पलेँटी हिजबुल्लाहद्वारा इजरायलमाथि युद्धविराम उल्लङ्घनको आरोप उद्योग मन्त्रालयमा ‘ड्यासबोर्ड’ सञ्चालनमा कोहलपुरमा भाइद्वारा दाजुको हत्या अफगानिस्तानमा एक वर्षमा ४५ हजारभन्दा बढी लागूऔषध दुव्र्यसनीको उपचार
तपाईं के खोज्दै हुनुहुन्छ ?

१७ वर्षपछि बहुविवाहका फरार प्रतिवादी पक्राउ



अ+ अ-

पोखरा । प्रहरीले विभिन्न दुई मुद्दामा अदालतबाट दोषी ठहर भएका दुई जनालाई पक्राउ गरेको छ।

बहुविवाह मुद्दाका दोषी पोखरा महानगरपालिका–२० विजयपुर बस्ने ४७ वर्षीय खड्कबहादुर गुरुङलाई प्रहरीले आइतबार पक्राउ  गरेको हो।

गुरुङलाई कास्की जिल्ला अदालतबाट २०६० चैत १९ मा बहुविवाह मुद्दामा एक वर्ष ११ महिना २१ दिन कैद र १० हजार रूपैयाँ जरिवानाको सजाय सुनाएको थियो।

जिल्लाबाट खटिएको प्रहरी टोलीले गुरुङलाई पोखरा–१३ कमलपोखरीबाट पक्राउ गरेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए।

त्यसैगरी पक्राउ परेका अर्का फरार प्रतिवादी पोखरा–१० अमरसिंहका ४४ वर्षीय ओमबहादुर सिग्देल  छन्।

सिग्देलविरुद्ध २०७२ पुस ५ मा कास्की जिल्ला अदालतले वन पैदावार मुद्दामा तीन हजार १ सय १६ रूपैयाँ जरिमाना फैसला गरेको थियो। वडा प्रहरी रामबजारको टोलीले सिग्देललाई पक्राउ गरेको हो।

पक्राउ परेका दुवैलाई अदालतमा पेस गरिसकेको प्रवक्ता हमालले जानकारी दिए।