२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद बैठक बस्दै, बैठकले नयाँ प्रहरी महानिरीक्षक नियुक्त गर्ने



अ+ अ-

काठमाडौं । मंगलबार मन्त्रिपरिषद बैठक बस्ने भएको छ । अपरान्ह ४ बजे बैठकले नेपाल प्रहरीका लागि नयाँ प्रमुख छनौट गर्ने छ ।

हालका प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण बुधबारबाट अवकाश पाउँदैछन् ।  

नयाँ महानिरीक्षक बन्ने दौडमा एआईजी हरिबहादुर पाल र शैलेश थापा क्षेत्री रहेका छन् । पाल कमाण्ड कन्ट्रोलका कारण चिनिन्छन् भने थापाले संगठनमा इमान्दार अधिकृतका रुपमा छवि बनाएका छन् । दुवै एआईजीले सरकारले जसलाई महानिरीक्षकमा बढुवा गरे पनि स्वीकार्ने बताएका छन् ।  

प्रहरी प्रधान कार्यालय, नक्सालले भने आईजीपी ज्ञवालीको बुधबार विदाइ कार्यक्रम राखेको छ । सँगै नयाँ आईजीपीको स्वागत कार्यक्रम पनि राखिएको प्रहरी प्रधान कार्यालय, नक्सालले जनाएको छ ।