६ श्रावण २०८३, बुधबार
,
Latest
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यवस्था विरोधी जनआन्दोलनलाई समर्थन गर्न राप्रपाको आह्वान



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले बिहीवारदेखि शुरु हुन लागेको व्यवस्थाविरुद्धको जनआन्दोलनमा सहभागी हुन आह्वान गर्नुभएको छ ।

बिहीवार पार्टी केन्द्रिय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष लिङदेनले यस्तो आह्वान गर्नुभएको हो । उहाँले व्यवस्था विरुद्धको आन्दोलन राप्रपाको मात्र नभई देशवासीको भएको उल्लेख गर्दै सहयोग र समर्थन गर्न गर्न आह्वान गर्नुभयो । उहाँले जनताको वर्तमान अवस्थामा परिवर्तन गर्न व्यवस्था परिवर्तन अनिवार्य रहेको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आज पार्टीको स्थापना दिवस हो । आजबाट जनआन्दोलन प्रारम्भ पनि भएको छ । वर्तमान अवस्थामा परिवर्तन गर्नको लागि व्यवस्थामा परिवर्तन अनिवार्य छ । यो आन्दोलन कुनै एउटा पार्टीको मात्र आन्दोलन होइन । सम्पूर्ण देशवासीको आन्दोलन हो । नेपालका लागि नेपाली जनताले गर्ने पहिलो आन्दोलन समेत हो । त्यस कारण यो साझा आन्दोलनमा सहयोग र समर्थन गर्नको लागि हार्दिक अपिल गर्दछु ।’

राजावादी समूहले बिहीवार काठमाडौंको शान्ति बाटिका क्षेत्रमा प्रदर्शन गर्दैछ ।  वर्तमान व्यवस्थाको विरोधमा संयुक्त जनआन्दोलन समितिको अगुवाइमा आन्दोलन तय भएको हो । समितिमा राप्रपा, राप्रपा नेपालसहितका राजावादी तथा हिन्दुवादी सङ्घसंस्थाहरू रहेका छन् ।