१५ असार २०८३, सोमबार
,
Latest
नेपालको परराष्ट्र नीतिमा ‘तरुल’ होइन ‘लालीगुराँस’को अवधारणा आवश्यकः पूर्वप्रधानमन्त्री भट्टराई सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो वैदेशिक सम्बन्ध कुनै पनि शक्ति राष्ट्रको पक्षमा उभिने जेरो–सम गेम होइन: परराष्ट्रमन्त्री शिशिर खनाल युरोपको सुरक्षा संरचनामा टर्कीलाई समावेश गर्न एर्दोगानको आग्रह प्रेमभावदेखि राष्ट्रभावसम्म समेटिएको विधान श्रेष्ठको पलेँटी हिजबुल्लाहद्वारा इजरायलमाथि युद्धविराम उल्लङ्घनको आरोप उद्योग मन्त्रालयमा ‘ड्यासबोर्ड’ सञ्चालनमा कोहलपुरमा भाइद्वारा दाजुको हत्या अफगानिस्तानमा एक वर्षमा ४५ हजारभन्दा बढी लागूऔषध दुव्र्यसनीको उपचार अस्पताल भवन निर्माण अलपत्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोप हुन थालेपछि नौमती बाजा संरक्षण थालियो



अ+ अ-

गलकोट । पछिल्लो समय युवापुस्ताको पलायनका कारण लोप हुने अवस्थामा पुगेको नौमती बाजा संरक्षण गर्न थालिएको छ । बागलुङ नगरपालिका–७ वडा कार्यालयले वडाका दलित समुदायभित्र रहेको नौमती बाजा संरक्षण गर्न थालेको हो ।

पुस्ता हस्तान्तरण अभावमा नौमती बाजा लोप हुन थालेपछि वडा कार्यालयले दलित समुदायलाई नौमती बाजा खरिद गरी वितरण गरेको छ । वडा कार्यालयले नौमती बाजा संरक्षणका लागि चालु आर्थिक वर्षमा विनियोजन गरेको रु एक लाख बजेटबाट नोमती बाजा बजाउन सक्रिय दलित समुदायलाई नौमती बाजाको एक–एक सेट वितरण गरेको वडाध्यक्ष खगराज पाण्डेले जानकारी दिनुभयो । 

“नौमती बाजा खरिद गर्न खर्चिलो हुँदा बाजा नै लोप हुने अवस्थामा पुग्यो”, वडाध्यक्ष पाण्डेले भन्नुभयो, “वडाको पहिचानका रूपमा रहेको नौमती बाजा यस वर्षदेखि संरक्षण गर्न थालिएको छ, आगामी वर्ष नौमती बाजा तालिमजस्ता प्रवद्र्धनात्मक कार्यक्रमसमेत प्रदान गरिने वडाको योजना छ । 

बाजा प्राप्त गर्दा संरक्षण र आयआर्जन दुवैमा फाइदा पुग्ने हर्राचौर नौमती बाजा समूहका तीलबहादुर नेपालीले बताउनुभयो । वडा कार्यलयभित्र छरिखोला र हर्राचौरमा गरी दुईवटा नौमती बाजा समूह रहेको छ । आगामी वर्षको बजेटमा छरिखोलाको नौमती बाजा समूहलाई बाजाको सेट वितरण गरिने वडा कार्यालयको भनाइ छ । नौमती बाजा संरक्षण हुन नसक्दा आयआर्जनमा समस्या हुन थालेको भन्दै वडा कार्यालय संस्थागतरूपमै नौमती बाजा संरक्षणमा जुटेको हो ।