२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली–प्रचण्डबीच ‘वान टु वान’ वार्ता हुने



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवंम प्रधानमन्त्री केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज पनि ‘वान टु वान’ वार्ता हुँदैछ । 

पार्टी भित्रको संकट समाधानका लागि मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ‘वान टु वान’ वार्ता हुने भएपनि समय तय भइनसकेको श्रोतको बतायो । 

यता प्रचण्डको सचिवलयले भने ११ बजेपछि दुई नेताबीच वार्ता हुनसक्ने जनाएको छ । 

नेताहरुबीच सोमबार झण्डै डेढ घण्टा ‘वान टु वान’ वार्ता भएको थियो । सोमबार वार्ता सुरु भएपनि पुन छलफल गर्नेगरी दुवै नेता उठेका थिए ।  

नेताहरुबीच सहमति खोज्ने भन्दै जारी स्थायी समिति बैठक बुधबारसम्म स्थगित गरिएको छ । स्थायी समिति बैठकमा बहुमत सदस्यले ओलीको राजीनामा मागेपनि ओली राजीनामा नदिने पक्षमा छन् ।