३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशभर मनसुनी वायुको प्रभाव, कुन-कुन स्थानमा हुनेछ बर्षा



अ+ अ-

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाकाले मंगलबारदेखि बिहीबासम्म चट्याङसहित वर्षाको सम्भावना रहेको बताएको छ । महाशाखाले अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेकाले केही स्थानमा भारी वर्षा पनि हुने जनाएको छ ।

मंगलबार देशका धेरैजसो स्थानमा मेघ गर्जनसहित वर्षा हुने तथा प्रदेश १, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका केही स्थानमा दिउँसो र राति पनि भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

त्यस्तै बुधबार सुदूरपश्चिम प्रदेश, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेश तथा प्रदेश १ का केही स्थानमा भारी वर्षा हुनेछ । राति मुलुकका धेरै स्थानहरुमा भारी वर्षा हुने महाशाखाको अनुमान छ । बिहीबार राति देशभर विभिन्न स्थानमा भारी वर्षाको सम्भावना छ ।

महाशाखाले भारी वर्षाका कारण नदीहरुमा पानीको बहाव बढ्ने, भूक्षय  हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेको छ ।