२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशभर मनसुनी वायुको प्रभाव, कुन-कुन स्थानमा हुनेछ बर्षा



अ+ अ-

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाकाले मंगलबारदेखि बिहीबासम्म चट्याङसहित वर्षाको सम्भावना रहेको बताएको छ । महाशाखाले अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेकाले केही स्थानमा भारी वर्षा पनि हुने जनाएको छ ।

मंगलबार देशका धेरैजसो स्थानमा मेघ गर्जनसहित वर्षा हुने तथा प्रदेश १, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका केही स्थानमा दिउँसो र राति पनि भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

त्यस्तै बुधबार सुदूरपश्चिम प्रदेश, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेश तथा प्रदेश १ का केही स्थानमा भारी वर्षा हुनेछ । राति मुलुकका धेरै स्थानहरुमा भारी वर्षा हुने महाशाखाको अनुमान छ । बिहीबार राति देशभर विभिन्न स्थानमा भारी वर्षाको सम्भावना छ ।

महाशाखाले भारी वर्षाका कारण नदीहरुमा पानीको बहाव बढ्ने, भूक्षय  हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेको छ ।