२ पुष २०८२, बुधबार
,
Latest
घरमा ढुङ्गा खस्दा चार जना घाइते कम्बोडियाको सीमा क्षेत्रमा भएको झडपमा १७ जनाको मृत्युः मन्त्रालय जापानिज ‘इन्सेफ्लाइटिस’बाट पाँच महिनामा छ जनाको मृत्यु दिउँसैसम्म हुस्सु–कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै बढ्यो युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ जेन–जीहरुले स्वर परिवर्तन गर्न थालेः मेयर महर्जन नेपाल सरकार र एडीबीबीच सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरणसम्बन्धी ऋण सम्झौता नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की एमाले महाधिवेशनः मतदान जारी मन्त्री घिसिङ र महानिर्देशक बरालद्वारा महाकाली सिँचाइ तेस्रो चरण आयोजनाको निरीक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानीको सुरक्षा व्यवस्था कडा, एमालेको १० बजेदेखि र राजावादीको २ बजेपछि प्रदर्शन



अ+ अ-

काठमाडौं । नेकपा एमाले र राजावादीले फरक फरक प्रदर्शन गर्ने भएपछि काठमाडौंको सुरक्षा व्यवस्था बिहानैदेखि कडा पारिएको छ । गणतन्त्र स्थापना दिवसमा एमालेले राजधानी केन्द्रित उत्सव मनाउँदै छ भने राजावादी समूहहरुले आजदेखि राजतन्त्र पुनस्र्थापनाका लागि अनिश्चितकालीन आन्दोलन घोषणा गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले आजको प्रदर्शन तथा कार्यक्रमका लागि सत्तारूढ एमाले र राजावादी समूहलाई छुट्टाछुट्टै समय उपलब्ध गराएको छ । पहिले एमालेलाई कार्यक्रम गर्न र त्यसपछि राजावादीको प्रदर्शन आयोजना गर्न प्रशासनले समय छुट्याएको हो ।

एमालेलाई भृकुटीमण्डपमा साढे १० बजेदेखि कार्यक्रम सुरु गरेर सवा २ बजेसम्म सक्न प्रशासनले अनुरोध गरेको छ । त्यसपछि शान्ति वाटिका क्षेत्रमा प्रदर्शनका लागि राजावादीलाई समय दिइएको काठमाडौं जिल्ला प्रशासन कार्यालयले जनाएको छ । एमाले तथा राप्रपाका नेताहरूसँगको छलफलपछि समय छुट्याइएको हो ।

एमालेले आज गणतन्त्र दिवस मनाउने कार्यक्रम राखेको छ । राप्रपालगायत दल र राजावादी समूहले राजसंस्था पुन:स्थापना र हिन्दु राष्ट्रको मागसहित बिहीबारदेखि अनिश्चितकालीन प्रदर्शनको घोषणा गरेका छन्  । राजावादीले गत चैत १५ मा गरेको प्रदर्शन हिंसात्मक बनेको थियो । अर्कोतर्फ केही दिनअघि एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार काठमाडौंलाई केही घण्टा नियन्त्रणमा राख्न पार्टीका कार्यकर्तालाई निर्देशनसमेत दिएका छन् । सोही कारण यस पटक सुरक्षा व्यवस्थामाथि चासो बढेको छ ।

यता नवराज सुवेदीको नेतृत्वमा रहेको संयुक्त जनआन्दोलन परिचालन समितिले आजदेखि प्रदर्शन घोषणा गरेको हो । प्रदर्शनका लागि राप्रपाले प्रशासन कार्यालयलाई पत्र नपठाए पनि १२ बजे शान्ति वाटिकामा भेल हुन समर्थकलाई अनुरोध गरेको छ । काठमाडौंका विभिन्न ठाउँबाट र्‍यालीसहित शान्ति वाटिकामा १२ बजे भेला भएर शान्तिपूर्ण ढंगबाट आन्दोलन गर्ने तयारी उसको छ ।