२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऐतिहासिक राजनीतिक उपलब्धिको रक्षा, प्रयोग र विकास गर्नु सबैको साझा दायित्व : पूर्वराष्ट्रपति भण्डारी



अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ऐतिहासिक राजनीतिक उपलब्धिको रक्षा, प्रयोग र विकास गर्दै अघि बढ्न्ुपर्ने बताउनुभएको छ ।

गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै पूर्वराष्ट्रपति भण्डारीले गणतान्त्रिक मूल्य, मान्यता र आदर्शहरुलाई सदा कायम राखिरहन आ–आफ्नो स्थानबाट भूमिका निर्वाह गर्न आह्वान गर्नुभएको हो ।

पूर्वराष्ट्रपति भण्डारीले शुभकामना सन्देशमा भन्नुभएको छ,– ‘गणतन्त्र नेपाली जनताको लामो र कठोर संघर्षको मूर्त रूप हो । यस ऐतिहासिक राजनीतिक उपलब्धिको रक्षा, प्रयोग र विकास गर्दै समुन्नत नेपाल बनाउने हामी सबैको साझा दायित्व हो ।’

उहाँले राजनीतिक परिवर्तनले मुलुकको सामाजिक–आर्थिक विकासलाई तिव्रता दिन मार्ग प्रशस्त गरेको छ बताउनुभएको छ । यसले हौसला प्रदान गरेको उहाँकोभ नाइ छ । ‘शिक्षा, स्वास्थ्य, सूचना प्रविधि र पूर्वाधारको विकासमा एक स्तरका उपलब्धीहरू हासिल भएका छन् । अनि आफ्नो देशको विकास आफै गर्नु पर्दछ भन्ने भावना विस्तारित र दरिलो बनिरहेको छ’ उहाँले भन्नुभएको छ– ‘मुलुकको आर्थिक विकासको लागि हाम्रो प्रयासलाई थप सघन र उपलब्धिमूलक बनाउन सकेको खण्डमा समृद्धिका निम्ति जनताको आकाङ्क्षालाई साकार तुल्याउन सकिनेछ । त्यसैले, आर्थिक रूपले सुसम्पन्न नेपाल बनाउने महाअभियानलाई सार्थक तुल्याउने दिशामा नेपाल सरकार, सम्पूर्ण राजनीतिक दल र सम्बद्ध सबैलाई गणतन्त्र दिवसले प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।’