१५ असार २०८३, सोमबार
,
Latest
लुम्बो हिमशिखरको पहिचान नेपालको परराष्ट्र नीतिमा ‘तरुल’ होइन ‘लालीगुराँस’को अवधारणा आवश्यकः पूर्वप्रधानमन्त्री भट्टराई सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो वैदेशिक सम्बन्ध कुनै पनि शक्ति राष्ट्रको पक्षमा उभिने जेरो–सम गेम होइन: परराष्ट्रमन्त्री शिशिर खनाल युरोपको सुरक्षा संरचनामा टर्कीलाई समावेश गर्न एर्दोगानको आग्रह प्रेमभावदेखि राष्ट्रभावसम्म समेटिएको विधान श्रेष्ठको पलेँटी हिजबुल्लाहद्वारा इजरायलमाथि युद्धविराम उल्लङ्घनको आरोप उद्योग मन्त्रालयमा ‘ड्यासबोर्ड’ सञ्चालनमा कोहलपुरमा भाइद्वारा दाजुको हत्या अफगानिस्तानमा एक वर्षमा ४५ हजारभन्दा बढी लागूऔषध दुव्र्यसनीको उपचार
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारायणी लिफ्टबाट पानी छाडियो



अ+ अ-

चितवन । नारायणी लिफ्ट सिँचाइ प्रणालीको मुख्य स्थलमा पूजाआजा गरी पानी छाडिएको छ । पश्चिम चितवनको जमिन सिँचाइका लागि मुख्य नहर मानिएको सो लिफ्टको पम्पहाउस एबाट आज पानी छाडिएको हो । 

नारायणी लिफ्ट सिँचाइ खगेरी सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख इ। खेमबहादुर पाठकका अनुसार यस पम्पले प्रतिसेकेण्ड चार हजार लिटर पानी फाल्ने गर्दछ । पश्चिम चितवनको फूलबारी, केसरबाग, तोरीखेत, शिवनगर, लङ्कु, लक्ष्मीपुर, कल्याणपुर, शरदपुर, गौरीगञ्ज, बसेनीलगायतका क्षेत्रमा सिँचाइका लागि लिफ्टबाट पानी वितरण गर्ने गरिन्छ । 

पानी छोडिएपछि अहिले वि र सि नगरबाट पानी पठाइएको छ । वि नहरबाट दुई हजार ४०० हेक्टर र सि नहरबाट दुई हजार ३०० हेक्टर क्षेत्रफल सिँचाइ हुने गरेको छ । नारायणी लिफ्टमा अहिले चारवटा पम्प रहेका छन् । दुईवटा चार क्युमेक र दुई वटा दुई क्युमेकका पम्प रहेका छन् । 

साउन महिनाबाट अर्को ठूलो पम्पसमेत सञ्चालनमा ल्याइने छ । पम्प सञ्चालनमा आएसँगै एक लाख पचास हजार उपभोक्ता लाभान्वित हुने नारायणी लिफ्ट सिँचाइ प्रणालीका अध्यक्ष पूर्णबहादुर रानाभाटले जानकारी दिनुभयो । उहाँका अनुसार आजदेखि कात्तिकको पहिलो सातासम्म पानी छोडिने छ । पानी छोड्नु अघि पम्पमा परम्पराअनुसार पूजाआजसमेत गरिएको थियो ।