काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले न्यायबाट च्युत भएको राज्यले आफ्नो निरन्तरता कबुल गरिरहन नसक्ने बताउनुभएको छ ।
बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले न्याय बलियालाई नभइ असहायलाई चाहिने बताउनु भयो । राज्यले दिन्छु भनेको सुरक्षा, संरक्षण असहायलाई चाहिने बताउनु भयो । राज्यले न्याय दिन सक्दैन भने जनतालाई राज्यको आवश्यकता नपर्ने बताउनु भयो । राज्यको फाउण्डेशनको आधार नै न्याय भएको बताउनु भयो । न्यायको पाना च्यातिन नहुनेतर्फ सचेत गराउनु भयो ।
उहाँले भन्नुभयो, ‘बलिया बाङ्गाालई न्याय चाहिने होइन, असहायलाई चाहिने हो । राज्यले जुन सुरक्षा दिन्छु भन्छ, संरक्षण दिन्छु भन्छ, त्यसलाई चाहिने हो न्याय । राज्यले न्याय दिन सक्दैन भने जनतालाई राज्य किन चाहिन्छ । राज्य हल हालतमा बस्छ भन्ने छैन । राज्यको फाउण्डेशनको आधार नै न्याय हो । जुन राज्य न्यायबाट चुक्छ, त्यो राज्यले आफ्नो निरन्तरता कबुल गरिरहन सक्दैन । चाहेर पनि सक्दैन । कहीँ न कहीँ च्यातिने सम्भावना रहन्छ । अरु कुनै पाना च्यातिओस् तर न्यायको पाना नच्यातिओस् । ता की राज्य सुरक्षित रहोस् ।’
पूर्वप्रधानन्यायाधीश श्रेष्ठले न्यायपालिका अख्तियारीले नभइ विश्वासले नबाच्ने बताउनु भयो । न्याय पाइन्छ भन्ने विश्वास रहेसम्म मात्रै न्यायपालिका बाच्ने बताउनु भयो ।










