१५ असार २०८३, सोमबार
,
Latest
लुम्बो हिमशिखरको पहिचान नेपालको परराष्ट्र नीतिमा ‘तरुल’ होइन ‘लालीगुराँस’को अवधारणा आवश्यकः पूर्वप्रधानमन्त्री भट्टराई सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो वैदेशिक सम्बन्ध कुनै पनि शक्ति राष्ट्रको पक्षमा उभिने जेरो–सम गेम होइन: परराष्ट्रमन्त्री शिशिर खनाल युरोपको सुरक्षा संरचनामा टर्कीलाई समावेश गर्न एर्दोगानको आग्रह प्रेमभावदेखि राष्ट्रभावसम्म समेटिएको विधान श्रेष्ठको पलेँटी हिजबुल्लाहद्वारा इजरायलमाथि युद्धविराम उल्लङ्घनको आरोप उद्योग मन्त्रालयमा ‘ड्यासबोर्ड’ सञ्चालनमा कोहलपुरमा भाइद्वारा दाजुको हत्या अफगानिस्तानमा एक वर्षमा ४५ हजारभन्दा बढी लागूऔषध दुव्र्यसनीको उपचार
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली काँग्रेसका १५ भ्रातृ संस्थाले गरे क्वारेन्टिन व्यवस्थापनका लागि आर्थिक सहयोग



अ+ अ-

बागलुङ । नेपाली काँग्रेससँग आबद्ध १५ भ्रातृ संस्थाले क्वारेन्टिन व्यवस्थापनका लागि रु एक लाख ७९ हजार सहयोग जुटाएका छन् ।सो रकममध्ये रु २० हजार आज बागलुङ नगरपालिकाकाको कोरोना व्यवस्थापन कोषलाई प्रदान गरिएको छ । काँग्रेस जिल्ला सभापति दीपेन्द्रबहादुर थापासहित भ्रातृ सङ्गठनका पदाधिकारीले संयुक्तरुपमा उक्त सहयोग रकम नगरप्रमुख जनकराज पौडेललाई हस्तान्तरण गरे । 

कोरोना रोकथाम र नियन्त्रणका लागि सबै पक्षले हातेमालो गर्नुपर्ने नेपाल महिला सङ्घ बागलुङकी अध्यक्ष सकुन्तला शर्माले बताए । “भ्रातृ तथा शुभेच्छुक सङ्गठनबाट यो रकम उठाएका हौँ”, उनले भने, “जिल्लाका दशै वटा स्थानीय तहमा क्वारेन्टिन व्यवस्थापनका लागि हामीले सहयोग गर्दैछौँ ।”

भूतपूर्व सैनिक सङ्घ, नेपाल महिला सङ्घ, नेपाल तरुण दललगायत सहयोगमा जोडिएका छन् । काँग्रेस जिल्ला सभापति थापाले सहयोग रकमको सही सदुपयोग हुनेमा विश्वास लिए ।नगरप्रमुख पौडेलले सबैको साझा प्रयास र सहकार्य भएमा मात्र सङ्कटसँग जुध्न सकिने धारणा राखे । उनले क्वारेन्टिन व्यवस्थापनमा देखिएका समस्या सुल्झाइने जानकारी दिए ।

नगरपालिकाको कोरोना व्यवस्थापन कोषमा विभिन्न सङ्घसंस्था र व्यक्तिबाट गरी हालसम्म रु ३१ लाख ६५ हजार रकम जम्मा भएको छ । सो कोषको रकम राहत, उद्धारका साथै कोरोना रोकथाममा खर्च गर्ने गरिएको छ ।