१५ असार २०८३, सोमबार
,
Latest
कोहलपुरमा भाइद्वारा दाजुको हत्या अफगानिस्तानमा एक वर्षमा ४५ हजारभन्दा बढी लागूऔषध दुव्र्यसनीको उपचार अस्पताल भवन निर्माण अलपत्र पासपोर्ट भ्रष्टाचार प्रकरण : विशेष अदालतद्वारा ५ आरोपितलाई धरौटीमा रिहा गर्ने आदेश गृहमन्त्री र गृहसचिवकै गाडीबाट कालो सिसा हटाइयो भ्रष्टाचार गरेको अभियोगमा ९ जनाविरुद्ध मुद्दा दायर विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति चीनद्वारा भेनेजुएलालाई १० करोड युआन बराबर राहत सहायता त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसबाट ६० दिनभित्र दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन पद्मश्री साहित्य पुरस्कारको विस्तारित सूची सार्वजनिक, १५ कृति छनोट
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा लकडाउनको असरः भिडियो गेम र टिकटकको प्रयोग ह्वात्तै बढ्यो



अ+ अ-

काठमाडौं । विश्वधरी नै महामारीको रुप लिएको कोरोना भाइरसले यतिबेला सम्पुर्ण मानव जिवनको काम/व्यवसायहरुलाई ठप्प बनाएको स्थिती छ । यो समयमा मानिसहरु लगभग सबै दिनको दैनिकी घरमै बसेर नै बिताउन बाध्य पनि छन् । तर घरमा बस्दै गर्दापनि मानिसहरु आफ्नो यो खाली समयलाई केहि रोमाञ्चक नै बनाउने कोसिसमा भने पक्कै छन् । तसर्थ यतिबेला मानिसहरुको आ–आफ्नो उमेर समुहका मानिसहरु उमेरले दिएजतिको कामहरु घरमै बसेर गर्दै आफ्नो दैनिकी बिताइरहेका छन् । युवा समुहमा मानिसहरु मोबाइल र ल्याटपमा भिडियो गेम खेल्दै दैनिकी बिताइरहेका छन् भने अर्कापट्टि युवतीहरु भने टिकटकमा व्यस्त देखिन्छन् । नेपालमा लकडाउनका कारण टिकटकको प्रयोग ह्वात्तै बढेको पाइएको छ । मंगलबार प्रविधि पत्रकार मञ्चले नेपाल दूरसञ्चार प्राधिकरणसँगको सहकार्यमा आयोजना गरेको एक कार्यक्रममा प्रस्तुति दिने क्रममा नेपाल इन्टरने एक्सचेञ्ज (एनपीआईएक्स) का बोर्ड अफ डाइरेक्टर समित जन थिङले यस्तो तथ्याङ्क सार्वजनिक गरेका हुन् ।

इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंकका प्रमुख प्राविधिक अधिकृत (सीटीओ) समेत रहेका उनले लकडाउन अवधिमा टिकटकको प्रयोग शतप्रतिशतले वृद्धि बताए । उनले भने, ‘लकडाउनअघि नेपालमा टिकटकमा ७ जीबीपीएस इन्टरनेट ब्याण्डविथ खपत हुने गरेको थियो । तर लकडाउनमा यसको प्रयोग बढेर १३ जीबीपीएस पुगेको छ ।’ लकडाउनको समयमा उल्लेख रुपमा प्रयोग बढ्नेमा अनलाइन गेम समेत रहेका छन् । थिङका अनुसार लकडाउन अघिको तुलनामा गेम खेल्ने र फिल्म हेर्ने कार्यमा पनि शतप्रतिशतले बढेका छन् ।

अनलाइन गेममा खपत हुने इन्टरनेट ब्याण्डविथ तीन जीबीपीएसबाट बढेर ७ जीबीपीएस पुगेको छ । त्यस्तै, नेटफ्लिक्समार्फत फिल्म हर्नेको संख्यामा पनि सत प्रतिशत बृद्धि भएको छ । लकडाउन अघि ७ जीबीपीएस इन्टरनेट ब्याण्डविथ खपत भइरहेको नेटफ्लिक्समा लकडाउन सुरु भएपछि भने १३ जीबीपीएस पुगेको छ । थिङका अनुसार नेपालमा सबैभन्दा बढी ब्याण्डविथ खपत गर्नेमा भने गूगल रहेको छ ।