५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदर्शनलाई शान्तिपूर्ण बनाउन र सुरक्षाप्रति गम्भीर हुन आयोगको निर्देशन



अ+ अ-

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेठ १५ गते काठमाडौँमा गर्ने भनिएको राजतन्त्र समर्थक संयुक्त जनआन्दोलन समिति र नेकपा एमालेको प्रर्दशनलाई शान्तिपूर्ण बनाउन आग्रह गरेको छ ।

आयोगले आज एक बिज्ञप्ति जारी गर्दे शान्तिसुरक्षाको व्यवस्था मिलाउन र मानव अधिकारका मूल्य मान्यतालाई ध्यान दिन नेपाल सरकार तथा सम्बद्ध सुरक्षा अधिकारीहरुलाई आग्रह गरेको छ ।

आयोगले जारी गरेको बिज्ञप्ति

राजतन्त्र समर्थक संयुक्त जनआन्दोलन समिति र नेकपा एमालेद्वारा २०८२ जेठ १५ गते काठमाडौँमा गर्ने भनिएको प्रदर्शनको सन्दर्भमा अपनाइने सुरक्षा सतर्कता सम्बन्धमा काठमाडौँ र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु र जिल्ला प्रहरी प्रमुखहरुसँग आयोगमा आज छलफल भएको छ ।

छलफलका क्रममा प्रदर्शन शान्तिपूर्ण होस् र कुनै बाधा व्यवधान नआओस् भन्नेतर्फ सचेत रही सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखिएको, शान्ति सुरक्षालाई व्यवस्थित गर्न उपत्यकाका सबै सुरक्षा निकाय बिच समन्वय गरिएको, दुईपक्ष बिच झडपको स्थिति आउन नदिन दुवै समूह एक आपसमा जम्काभेट नहुने गरी प्रबन्ध मिलाइएको, सञ्चारगृहलगायतका संवेदनशील स्थलहरुको सुरक्षामा ध्यान दिइएको र सडकमा सहज आवागमनमा अवरोध हुन नदिन तथा सर्वसाधारणको सुरक्षालाई मध्येनजर गर्दै सुरक्षा रणनीति तयार पारिएको प्रमुख जिल्ला अधिकारीहरु एवम् जिल्ला प्रहरी प्रमुखहरुले बताउनुभएको छ ।

आयोगका अध्यक्ष तपबहादुर मगरले शान्तिसुरक्षालाई व्यवस्थित गर्न र शान्ति सुरक्षाको प्रबन्ध मिलाउँदा मानव अधिकारका मूल्य मान्यतालाई आत्मसाथ गर्न सुरक्षा अधिकारीहरुलाई निर्देशन गर्नुभएको छ । आयोगले विभिन्न टोलीहरु बनाई भोलि १५ गते हुने प्रदर्शनको मानव अधिकारको कोणबाट अनुगमन समेत गर्नेछ ।

आफ्‌नो विचार र अभिव्यक्ति स्वतन्त्रताको अधिकारको प्रयोग गर्दा देशको संविधान र राष्ट्रिय अन्तर्राष्ट्रिय कानूनमा उल्लेखित प्रावधानहरुको पालनामा संवेदनशील हुँदै एक अर्काप्रति अमर्यादित टिकाटिप्पणी नगर्न र आफ्‌ना प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आयोग प्रदर्शनरत पक्षलाई अपील गर्दछ । साथै, प्रदर्शनको क्रममा सुरक्षा संवेदनशीलतामा आउनसक्ने जोखिमहरुको आँकलन गर्दै शान्तिसुरक्षाको व्यवस्था मिलाउन र मानव अधिकारका मूल्य मान्यतालाई ध्यान दिन आयोग नेपाल सरकार तथा सम्बद्ध सुरक्षा अधिकारीहरुलाई आग्रह गर्दछ ।

डा. टीकाराम पोखरेल
सहसचिव / प्रवक्ता