३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाका कारण भोलि हुने भनिएको रातो मच्छिन्द्रनाथको रथारोहण स्थगित



अ+ अ-

काठमाडौं । कोरोना भाइरस संक्रमण उपत्यकामा बढदै गएकाले भोलि बुधबार हुने भनिएको रातो मच्छिन्द्रनाथको रथारोहण रोकिएको छ । गुठी संस्थान ललितपुरले भोलीका लागि निर्धारण गरिएको रथारोहण स्थगित गर्न निर्देशन दिएको हो ।

गुठी संस्थान ललितपुरका अनुसार जिल्ला प्रशासन कार्यालयको निर्णय अनुसार रथारोहण स्थगित गर्न निर्देशन आएपछि सो निर्णय भएको हो । अब कोरोना संक्रमण कम भएपछि मात्रै प्रशासनको परामर्शमा रथारोहणको नयाँ साइत निकालिने बताइएको छ । जिल्ला प्रशासन कार्यालयले यसअघि नै रथारोहणको साइत निकल्दा परामर्श नगरिएको भन्दै असन्तुष्टि जनाएको थियो ।

कोरोना भाइरसका कारण स्थगित भएको ललितपुरको रातो मच्छिन्द्रनाथको रथ जात्रा लकडाउन खुकुलो भएसँगै पुल्चोकमा ३२ हात अग्लो रथ निर्माण भने अन्तिम चरणमा पुगेको छ ।

चैत २७ गते महास्नान गरेर वैशाख १२ गते पुल्चोकमा रथारोहण गर्नुपर्ने भएपनि लकडाउनका कारण रथ निर्माण हुन नसकेपछि रोकिएको छ । हाल मच्छिन्द्रबहालमा रहेको भजनपाटीमा मच्छिन्द्रनाथको मूर्तिलाई राखिएको छ ।