२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाका कारण भोलि हुने भनिएको रातो मच्छिन्द्रनाथको रथारोहण स्थगित



अ+ अ-

काठमाडौं । कोरोना भाइरस संक्रमण उपत्यकामा बढदै गएकाले भोलि बुधबार हुने भनिएको रातो मच्छिन्द्रनाथको रथारोहण रोकिएको छ । गुठी संस्थान ललितपुरले भोलीका लागि निर्धारण गरिएको रथारोहण स्थगित गर्न निर्देशन दिएको हो ।

गुठी संस्थान ललितपुरका अनुसार जिल्ला प्रशासन कार्यालयको निर्णय अनुसार रथारोहण स्थगित गर्न निर्देशन आएपछि सो निर्णय भएको हो । अब कोरोना संक्रमण कम भएपछि मात्रै प्रशासनको परामर्शमा रथारोहणको नयाँ साइत निकालिने बताइएको छ । जिल्ला प्रशासन कार्यालयले यसअघि नै रथारोहणको साइत निकल्दा परामर्श नगरिएको भन्दै असन्तुष्टि जनाएको थियो ।

कोरोना भाइरसका कारण स्थगित भएको ललितपुरको रातो मच्छिन्द्रनाथको रथ जात्रा लकडाउन खुकुलो भएसँगै पुल्चोकमा ३२ हात अग्लो रथ निर्माण भने अन्तिम चरणमा पुगेको छ ।

चैत २७ गते महास्नान गरेर वैशाख १२ गते पुल्चोकमा रथारोहण गर्नुपर्ने भएपनि लकडाउनका कारण रथ निर्माण हुन नसकेपछि रोकिएको छ । हाल मच्छिन्द्रबहालमा रहेको भजनपाटीमा मच्छिन्द्रनाथको मूर्तिलाई राखिएको छ ।