१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाटोमा ढुङ्गा खस्दा एक जनाको मृत्यु, एक घाइते



अ+ अ-

खलङ्गा । दार्चुलामा बाटोमा ढुङ्गा खस्दा एक जनाको मृत्यु भएको छ ।

नौगाड गाउँपालिका–६ धुलिगडाबाट बझाङतर्फ पैदलयात्रा गरिरहनुभएका ७० वर्षीय कालु जोशीको ढुङ्गाले लागेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्र रावतका अनुसार जोशीको घटनास्थलमै मृत्यु भएको हो ।बाटोमा हिँडिरहेका उहाँमाथि रतपडे भन्ने ठाउँमा माथिबाट खसेको ढुङ्गाले लागेको थियो ।

ढुङ्गाले लागेर नौगाड गाउँपालिका–६ धुलिगडाका ४५ वर्षीय प्रताप धामी घाइते हुनुभएको छ । उहाँलाई उद्धार गरेर गोकुलेश्वर अस्पताल पठाइएको छ ।