२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद News Polar बाजुराका मतदाताको नामावली अद्यावधिक News Polar ओमानमाथि नेपालको ११३ रनको शानदार जित

एआई प्रतिस्पर्धामा चीनले अमेरिकालाई पछि पार्दैछ?

एआई प्रतिस्पर्धामा चीनले अमेरिकालाई पछि पार्दैछ?
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प
अ अ+ अ-

कियुवान स्यु र वाङ याछियाङ

बेइजिङ/सिङ्गापुर: अमेरिका र चीनबीचको व्यापारिक कर युद्ध जस्तै प्रविधिमा बर्चस्वको लडाइँ पनि तीव्र बन्दै गएको छ । दुवै देशले कृत्रिम बौद्धिक क्षमता (Artificial Intelligence -AI) मा बर्चस्व कायम गर्न प्रतिस्पर्धा गरिरहेका बेला एउटा प्रमुख प्रश्न उठेको छ — के चीनको एआई क्षमता अमेरिका सरह पुग्ला वा अझ अगाडि निस्केला ? यस प्रतिस्पर्धालाई अघि बढाउने एउटा कारण हो अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा अघि सारिएका नीतिहरू । ट्रम्प प्रशासनले अपनाएको बन्द नीति र नवप्रवर्तनलाई अमेरिका फर्काउने नाममा चालिएको कदम उल्टो परेर चीनलाई लाभदायक हुने सम्भावना देखिएको छ ।

डिजिटल अर्थतन्त्रको विकासले ट्रम्पको नीतिपछि अहिलेको एआई प्रतिस्पर्धा कसरी अघि बढ्नेछ भन्ने कुरामा केही संकेत दिन सक्छ । १९९० को दशकमा इन्टरनेट क्रान्तिमा अग्रणी रहेको अमेरिकाले “शून्यबाट एक” को चरणमा बर्चस्व कायम गर्‍यो, र इन्टरनेटलाइ प्रयोगशालाबाट बजारमा ल्यायो । यसले त्यतिबेलाका धेरैले प्रशंसा गरेका “नयाँ अर्थतन्त्र”लाई उत्प्रेरित गर्‍यो, जसको विशेषता थियो तीव्र आर्थिक वृद्धि, उच्च उत्पादकत्व वृद्धि र न्यून मुद्रास्फीति । चीनले सुरुवाती चरणमा यो प्रविधिलाइ अनुकरण मात्र गरे पनि पछिल्लो समय आफ्नै नवप्रवर्तनका साथ डिजिटल प्रविधिमा तीव्र प्रगति गर्‍यो ।

चीनको डिजिटल विकास तीन चरणमा अघि बढेको छ । पहिलो चरण थियो नक्कल र पछ्याउने — १९९० को दशकको मध्यदेखि २००० को सुरुवातसम्म चिनियाँ कम्पनीहरूले अमेरिकी मोडेलहरूको नक्कल गर्दै वेब पोर्टल र अनलाइन सेवा सुरु गरे, जसले तीव्र प्रयोगकर्ता वृद्धि गर्‍यो ।

दोस्रो चरण थियो स्थानीयकरण र सुधार — २००५ देखि २०१५ सम्म चीनको डिजिटल प्रणाली परिपक्व हुँदै जाँदा, चिनियाँ प्रविधि कम्पनीहरूले आफ्ना सेवा घरेलु प्रयोगकर्ता र बजारको गहिरो बुझाइका आधारमा सुधार गर्न थाले । वीच्याट र ताओबाओ जस्ता प्लेटफर्महरूले अमेरिकी अवधारणालाई अनुकूल बनाएर अझ उत्कृष्ट सेवा दिएका कारण ह्वाट्सएप र इबे जस्ता पश्चिमी प्रतिस्पर्धीलाई चिनियाँ बजारमा पछि पार्न सफल भए ।

तेस्रो चरणमा चिनियाँ प्रविधि कम्पनीहरूले नवप्रवर्तनको बाटो समाते । पछिल्ला दशकमा तिनीहरूले नक्कलबाट नवप्रवर्तनतर्फ रुपान्तरण गर्दै नयाँ डिजिटल मोडेलको नेतृत्व गर्न थाले र विदेशी प्रतिस्पर्धीलाई उछिन्ने काम गरे । यसको सबैभन्दा उल्लेखनीय उदाहरण हो बाइटडान्सको टिकटक, जसले चीनलाई अनलाइन संस्कृतिको अगुवामा ल्यायो, सामाजिक सञ्जाललाई पुनः परिभाषित गर्‍यो र मेटा (फेसबुक) जस्ता अमेरिकी कम्पनीहरूलाई त्यसको पछि लाग्न बाध्य बनायो ।

यो प्रवृत्ति नविकरणीय ऊर्जा र इलेक्ट्रिक सवारी साधनको क्षेत्रमा पनि स्पष्ट देखिन्छ, र एआई पनि अपवाद रहने छैन । २०२२ को अन्त्यमा च्याटजिपिटी सार्वजनिक भएपछिको युगलाई एआईको आम प्रयोग चरण मानिन्छ । त्यसपछि चीनले तीव्र गतिमा पश्चिमी मोडेलहरू नक्कल गर्ने क्षमता देखाइसकेको छ ।

जनवरीमा डिपसिक (DeepSeek) को सार्वजनिक विमोचनले चीनले स्थानीयकरण र सुधारको चरणमा प्रवेश गरेको संकेत दियो । यसको R1 मोडेल ओपनएआई को मोडेलभन्दा ३० देखि ५० गुणा सस्तोमा प्रयोग गर्न सकिने बनाइएको थियो । फेब्रुअरीसम्म आइपुग्दा, चिनियाँ र अमेरिकी उत्कृष्ट मोडेलहरूबीचको प्रदर्शन अन्तर घटेर १.७% मा झरेको थियो, जुन २०२४ मा ९.३% थियो । र, जहाँ च्याटजिपिटीलाई १० करोड सक्रिय प्रयोगकर्ता पुग्न दुई महिना लागेको थियो, डिपसिकले त्यो लक्ष्य सात दिनमै पुरा गरेको थियो ।

चीनको प्रमुख फाइदामध्ये एक हो—इन्जिनियरिङ्ग क्षमताको गहिरो भण्डार । चीनले हरेक वर्ष अमेरिका भन्दा चार गुणा बढी STEM (Science, Technology, Engineering and Maths) स्नातकहरू उत्पादन गर्छ । मात्र संख्यामा होइन, यो “इन्जिनियर लाभांश” ले गम्भीर परिश्रमशीलता र व्यावहारिक सोच झल्काउँछ, जुन डिपसीकको प्रणाली संरचनाबाट प्रस्ट देखिन्छ ।

एक अर्बभन्दा बढी इन्टरनेट प्रयोगकर्ता र विविध औद्योगिक आधार भएको चीनले एआई अनुप्रयोगहरूलाई विकास, परीक्षण, र सुधार गर्नका लागि अनुपम वातावरण प्रदान गर्छ । चीन हाल वैश्विक उत्पादनको करिब ३०% भाग ओगटिरहेको छ, जसले अत्यधिक मात्रामा डेटा उत्पादन गर्छ । २०१९ मा मात्रै, चीनको उत्पादन क्षेत्रले १,८१२ पेटाबाइट्स डेटा उत्पादन गरेको थियो, र अनुमान गरिन्छ कि २०२४ मा यो २,४३५ पेटाबाइट्स पुगेको छ ।

ऊर्जा अर्को महत्त्वपूर्ण पक्ष हो । २०२३ मा, चीनले ९,४५६ टेरावाट-घण्टा विद्युत उत्पादन गरेको थियो, जुन वैश्विक उत्पादनको ३२% हो र अमेरिकाको ४,१७८ टेरावाट-घण्टा उत्पादनभन्दा दोब्बरभन्दा बढी हो । यसले ठूला डेटा केन्द्रहरूका लागि आवश्यक उर्जा आपूर्ति गर्न चीनलाई ठुलो लाभ दिन्छ, जुन एआई व्यापक प्रयोगको लागि अनिवार्य छ ।

अर्कोतर्फ, अमेरिकाको एआई दौडमा स्थान कमजोर हुँदै गएको छ, खासगरी ट्रम्प प्रशासनले अनुसन्धानको बजेटमा कटौती र आप्रवासन नीतिमा कडाइ गरेपछि । उदाहरणका लागि, फेब्रुअरीमा ट्रम्प प्रशासनले नेसनल साइन्स फाउन्डेसनबाट १७० कर्मचारीहरू, जसमध्ये एआई विज्ञहरू पनि थिए, निकालेका थिए र संस्थाको बजेटलाई ५०% भन्दा बढीले घटाउने प्रस्ताव गरेका थिए ।

यी बजेट कटौतीहरू, नेसनल हेल्थ इन्स्टिच्यूटमा ढिलो पठाइएको बजेट र हार्भर्ड विश्वविद्यालयका लागि करिब २.२ अर्ब डलरको संघीय अनुदान रोक्का हुनुजस्ता घटनाले आधारभूत अनुसन्धान रोकिने र एआई नवप्रवर्तनमा अवरोध सिर्जना गर्ने खतरा बढाएका छन् । साथै, कडा आप्रवासन नीतिका कारणले विश्वका विभिन्न मुलुकका प्रतिभाहरू अमेरिका आउन कठिन हुने सम्भावना छ, जसले प्रविधि क्षेत्रमा कार्यरत दक्ष चिनियाँहरूलाई स्वदेश फर्केर त्यहाँका बढ्दो उद्योगमा राम्रो पारिश्रमिक पाउने अवसर लिन प्रेरित गर्न सक्छ ।

हाल ट्रम्प प्रशासनले स्टारगेट जस्ता ठूला पूर्वाधार योजनाहरूलाई समर्थन गरेको छ — जुन ओपनएआई, ओराकल, र सफ्टब्याँकद्वारा निर्माण गरिने प्रस्तावित ५०० अर्ब अमेरिकी डलरको एआई डाटा केन्द्र हो । तर यस्ता परियोजनाहरूले ठूला प्रविधि कम्पनीहरूको वर्चस्व अझ बलियो बनाउने खतरा छ, र यसले आविष्कारमा आवश्यक भएको स्वतन्त्रता र नवप्रवर्तनलाई दबाउने सम्भावना पनि छ, जुन यथार्थ रूपान्तरण ल्याउने प्रविधि सफलताहरू प्राप्त गर्नका लागि अत्यावश्यक हो ।

तर अझ गहिरो समस्या अमेरिकाले आर्थिक खुलापनबाट टाढा हुँदै गएको प्रवृत्तिमा छ । जब अमेरिकी कम्पनीहरू — ओपनएआई जस्ता — झनझन बन्द प्रणालीमा रूपान्तरण हुँदै गएका छन्, चिनियाँ कम्पनीहरूले खुला-स्रोत रणनीति अँगालिरहेका छन् । ट्रम्पको व्यापार र आप्रवासन नीतिहरूका कारण वैश्विक प्रतिभा र अन्तर्राष्ट्रिय साझेदारहरू अमेरिका छाड्न बाध्य भइरहेका बेला, चीनले भने आफ्ना सस्ता एआई मोडेलहरू व्यापार साझेदारहरूसमक्ष सक्रिय रूपमा प्रवर्द्धन गरिरहेको छ ।

यद्यपि चीनले पनि आफ्नै आन्तरिक चुनौतीहरू सामना गरिरहेको छ — विशेषतः अमेरिकी व्यापार प्रतिबन्धहरूले उन्नत सेमिकन्डक्टरमा पहुँच सीमित बनाएको छ । घरेलु रूपमा, चिनियाँ नीतिनिर्माताहरूले नवप्रवर्तनलाई प्रोत्साहन गर्नु र कडा डाटा नियन्त्रणको बीचमा सूक्ष्म सन्तुलन कायम राख्नुपर्ने चुनौती छ । तर दुबै पक्षका लागि एआईमा प्रभुत्व जमाउने बाटो सजिलो छैन, तथापि ट्रम्पको अमेरिकालाइ फेरि महान बनाउँ भन्ने एजेन्डाले चीनलाई फेरि महान बनाउने सम्भावना जन्माइरहेको छ ।

कियुवान स्यु  चिनियाँ समाज विज्ञान प्रतिष्ठान अन्तर्गत विश्व अर्थशास्त्र तथा राजनीति संस्थानका वरिष्ठ फेलो र उपनिर्देशक हुन् । उनले Reshaping the Global Industrial Chain: China’s Choices लगायतका धेरै पुस्तक लेखेका छन् ।
 वाङ याछियाङ सिंगापुरको ली कुआन यु विश्वविद्यालयको पब्लिक पोलिसी स्कूलमा अध्येता हुन् ।

स्रोतः प्रोजेक्ट सिन्डिकेट