१५ असार २०८३, सोमबार
,
Latest
कोहलपुरमा भाइद्वारा दाजुको हत्या अफगानिस्तानमा एक वर्षमा ४५ हजारभन्दा बढी लागूऔषध दुव्र्यसनीको उपचार अस्पताल भवन निर्माण अलपत्र पासपोर्ट भ्रष्टाचार प्रकरण : विशेष अदालतद्वारा ५ आरोपितलाई धरौटीमा रिहा गर्ने आदेश गृहमन्त्री र गृहसचिवकै गाडीबाट कालो सिसा हटाइयो भ्रष्टाचार गरेको अभियोगमा ९ जनाविरुद्ध मुद्दा दायर विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति चीनद्वारा भेनेजुएलालाई १० करोड युआन बराबर राहत सहायता त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसबाट ६० दिनभित्र दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन पद्मश्री साहित्य पुरस्कारको विस्तारित सूची सार्वजनिक, १५ कृति छनोट
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्लोबल आइएमई बैंकद्वारा कोरोना रोकथाम तथा नियन्त्रणका लागि आर्थिक सहयोग



अ+ अ-

काठमाडाैंः ग्लोबल आइएमई बैंकले कोरोना रोेकथाम तथा नियन्त्रणका लागि सुदूरपश्चिम प्रदेश सरकारलाई नगद रु. २० लाख सहयोग गरेको छ ।

एक कार्यक्रमकाबीच बैंकको सुदुरपश्चिम प्रादेशिक कार्यालय प्रमुख मुकुन्द प्रसाद भट्टले सुदूरपश्चिम प्रदेश सरकारका माननीय मुख्यमन्त्री त्रिलोचन भट्टलाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।

उक्त कार्यक्रममा बोल्दै माननीय मुख्यमन्त्री भट्टले कोराना रोकथामका लागि निजी क्षेत्रबाट सबैभन्दा ठूलो सहयोग प्रदान गरेकोमा बैंकलाई धन्यवाद दिनुभयो ।

कोभिड – १९ ले आम विश्व समुदायलाई त्रसित बनाइरहेको अवस्थामा नेपाल र नेपाली उच्च जोखिममा रहेको यस घडीमा यस योगदानबाट यो भाईरस विरुद्व लड्न थप प्रेरणा र सहयोग हुने विश्वास बैंकले लिएको छ ।    

बैंकले स्थापनाकालदेखि नै दैवी तथा अन्य विपत्तीको अवस्थामा आफ्नो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको छ र आगामी दिनहरुमा समेत यस्तो सहयोग लाई निरन्तरता दिँदै जानेछ, बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उक्त कार्यक्रममा सुदुरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी , उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्ट, भूमि व्यवस्थापन कृषि तथा सहकारी मन्त्री विनिता चौधरी लगायत अन्य प्रदेश सांसदको उपस्थिति थियो ।