एजेन्सी । सोमबार सूर्यकुमार यादवको लागि रेकर्डको दिन रह्यो । उनले मुम्बई इन्डियन्स (एमआई)को २ रेकर्ड तोडेका छन् । सूर्यले सचिन तेन्दुलकरको १४ वर्ष पुरानो रेकर्ड तोडेका हुन् ।
उनी एक सिजनमा एमआईका लागि सर्वाधिक रन बनाउने खेलाडी बने । यसपछि सूर्यले सनथ जयसूर्याको कीर्तिमान पनि तोडे । उनी एकै सिजनमा मुम्बईका लागि सबैभन्दा धेरै छक्का प्रहार गर्ने ब्याट्सम्यान पनि बने ।
सूर्यकुमार यादव मुम्बई इन्डियन्सका लागि एकै आइपीएल सिजनमा सबैभन्दा धेरै रन बनाउने ब्याट्सम्यानको शीर्ष स्थानमा पुगेका छन् । उनले अहिलेसम्म १४ खेलमा ६४० रन बनाएका छन् । यसअघि यो रेकर्ड सचिन तेन्दुलकरको नाममा थियो, जसले २०१० मा ६१८ रन बनाएका थिए ।
२०२३ मा ६०५ रन बनाएर सूर्यकुमार आफैं पनि यो सूचीमा तेस्रो स्थान सुरक्षित गरेका छन् । सचिन तेन्दुलकर यस सूचीमा फेरि पनि ५५३ रन (२०११) सहित चौथो स्थानमा छन् । उनीपछि लेन्डल सिमन्स थिए जसले २०१५ मा ५४० रन बनाएका थिए । रोहित शर्माले २०१३ मा ५३८ रन बनाएर यो सूचीमा छैटौं स्थान हासिल गरेका छन् ।
आईपीएल–१८ को ६९ औं खेलमा, पञ्जाब किंग्स (पीबीकेएस)ले मुम्बई इन्डियन्स (एमआई)लाई ७ विकेटले पराजित गर्यो । जयपुरको सवाई मानसिंह रंगशालामा मुम्बईले २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन बनाएको थियो । जवाफमा पञ्जाबले १८.३ ओभरमा ३ विकेट गुमाएर जितको लक्ष्य पूरा गर्यो ।










