काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य उकालो लाग्नेक्रम रोकिएको छैन । मंगलवार ७ सयले उकालो सुनको मुल्य बुधबार पनि उकालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार तोलामा ९० हजार ९ सयमा कारोबार भएको छापावाल सुनको मुल्य बुधबार ६ सय रुपैयाँ बढेर ९१ हजार ५ सयमा कारोबार भइरहेको जनाएको छ ।
यस्तै तेजावी सुन मंगलबार तोलामा ९० हजार ४६० रुपैयाँमा कारोबार भएको थियो भने बुधबार तोलामा ६ सय रुपैया बढेर ९१ हजार ६० मा कारोबार भइरहेको छ ।
यसैगरी चाँदी तोलामा ५ रुपैया बढेर ९५५ रुपैयाँमा कारोबार भएको छ ।