१५ असार २०८३, सोमबार
,
Latest
जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त बढ्दो सहरीकरणसँग उपत्यकामा धान रोप्ने ठाउँको अभाव एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री लुम्बो हिमशिखरको पहिचान नेपालको परराष्ट्र नीतिमा ‘तरुल’ होइन ‘लालीगुराँस’को अवधारणा आवश्यकः पूर्वप्रधानमन्त्री भट्टराई सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो वैदेशिक सम्बन्ध कुनै पनि शक्ति राष्ट्रको पक्षमा उभिने जेरो–सम गेम होइन: परराष्ट्रमन्त्री शिशिर खनाल युरोपको सुरक्षा संरचनामा टर्कीलाई समावेश गर्न एर्दोगानको आग्रह प्रेमभावदेखि राष्ट्रभावसम्म समेटिएको विधान श्रेष्ठको पलेँटी हिजबुल्लाहद्वारा इजरायलमाथि युद्धविराम उल्लङ्घनको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

मास्क नलगाउने ६४ पक्राउ



अ+ अ-

लहान । मास्क नलगाई हिँड्ने ६४ जनालाई मङ्गलबार एकै दिन सिरहा प्रहरीले पक्राउ गरी कारवाही गरेको छ । लकडाउनको नियम पालन गर्न आग्रह गरिरहँदा पनि बेवास्ता गरी मास्क नलगाउने ६४ जनालाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।
 

कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले अत्यावश्यक काममा सवारी साधन वा पैदल हिँड्दा अनिवार्यरूपमा मास्क लगाउन र सामाजिक दूरीलाई पालन गरी कार्य गर्न आग्रह गरे पनि सर्वसाधारणले बेवास्ता गरेकाले पक्राउ गरी सङ्क्रमण रोग ऐन, २०२० अनुसार कारवाही शुरु गरिएको प्रहरी नायब उपरीक्षक घिमिरेले बताए। पक्राउ परेका सबैलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय सिरहा पठाइएको उनले बताए । 

रगतको अभाव हुन नदिन रक्तदान

कोरोना भाइरस सङ्क्रमणका बेला रगतको अभाव हुन नदिन सिरहाका २६ युवाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र लहानको समन्वयमा नगर युवा सञ्जाल सुखीपुरद्वारा आयोजित रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरेका हुन् ।

कोरोना भाइरसको महामारीका कारण जारी लकडाउनका समयमा रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रम आयोजना गरिएको सञ्जालका अध्यक्ष सुनिलकुमार यादवले जानकारी दिए । लकडाउनको समयमा रक्तदाता घटेकाले रगतको अभाव हुन थालेपछि रक्तदान गरिएको सञ्जाल अध्यक्ष यादवको भनाइ छ ।