२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिजिट भिसा प्रकरण : संसदमा गृहमन्त्रीले जवाफ दिने, राजीनामा माग्दै अबरुद्ध गर्ने विपक्षीको तयारी, के होला आर्थिक सर्वेक्षण ?



अ+ अ-

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिजिट भिसा प्रकरणमा आफ्नो नाम जोडिएपछि गृहमन्त्री रमेश लेखक तनाव र दबाबमा छन् । विपक्षीहरुले चर्को आलोचना गर्ने संकेत पाएका लेखकले आज यसबारेमा संसद्मा जानकारी दिने बताएका छन् ।

प्रतिनिधिसभाको आज बस्ने बैठकमा गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणबारे जवाफ दिने छन् । उनले आफूमाथिको आरोप झुठा भएको र आफ्नो कुनै गल्ती नभएको बताएका छन् । नेपाली कांग्रेसले पनि भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको कुनै संलग्नता नभएको बताइसकेको छ । कर्मचारीको संलग्नतामा मन्त्रीले राजीनामा दिनु नपर्ने निष्कर्ष कांग्रेसले निकालेको हो ।

तर विपक्षी दलहरुले भने गृहमन्त्री लेखकमाथि छानबिन गर्नुपर्ने भएकाले राजीनामा दिनुपर्ने बताएका छन् । गृहमन्त्रीले राजीनामा नदिए संसद् बैठक नै अबरोध गर्नेसम्मको तयारी विपक्षीको छ ।

नेकपा माओवादी केन्द्र, रास्वपा र राप्रपाले आज संसद्मा चर्को रुपमा राजीनामा माग्ने तयारी गरेका छन् । गृहमन्त्रीको जवाफ चित्त बुझ्दो नभएमा संसद् अबरुद्धसम्मको चेतावनी उनीहरुले दिएका छन् ।

संसद्मा आज आर्थिक सर्वेक्षण पेश गर्ने कार्यतालिका छ । १५ गते बजेट पेश हुँदै छ ।

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८१/८२ आर्थिक सर्वेक्षण पेस गर्ने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूचीसमेत तय भएको छ । साथै महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२’ प्रस्तुत गर्नुहुने छ ।

आजको बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।




भर्खरै