५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी स्थानमा चट्याङसहित वर्षा हुन सम्भावना



अ+ अ-

काठमाडौँ। मंगलबार देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रमा मौसम मुख्यतः सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार पहाडी भेगका थोरै स्थानहरूमा र अन्य भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपात हुने सम्भावनासमेत रहेको छ।