२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको सहयोगमा मुगुमा क्याम्पसको प्रशासनिक तथा शैक्षिक भवन निर्माण



अ+ अ-

भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको मुगु जिल्लाको रातापानी मा अवस्थित श्री महादेव मस्त चतुर्देव क्याम्पसको प्रशासनिक तथा शैक्षिक भवनको औपचारिक उद्घाटन गरिएको छ । नेपाल–भारत मैत्री विकास सहकार्य कार्यक्रम अन्तर्गत नेपाली रुपिया ३५.११ मिलियन लागतमा निर्माण गरिएको हो ।

क्याम्पसको प्रशासनिक तथा शैक्षिक भवनको उद्घाटन गाउ विकास परिषद्, विद्यालयव्यवस्थापन समिति र काठमाडौं स्थित भारतीय राजदूतावासका प्रतिनिधिहरुले  भिडियो कन्फरेन्स मार्फत  गरेका हुन् । सन् २००७ मा स्थापना भएको यस क्याम्पस समुदायको स्वामित्वको शैक्षिक संस्थान हो । विश्वविद्यालय अनुदानआयोग (युजिसी) बाट स्वीकृति प्राप्त सो क्याम्पस त्रिभुवन विश्वविद्यालय संग आबद्घ रहेको छ । क्याम्पसले चार वर्षे स्नातकतहको पठनपाठन सञ्चालन गरेको छ । हुम्ला र बाजुरा लगायत २४ भन्दा बढी गाविसकाविद्यार्थीहरु अध्ययनरत यस क्याम्पसमा योग्य विद्यार्थीहरु का लागि विविध छात्रवृत्तिको व्यवस्था पनि रहेको छ ।

नयाँ प्रशासकीय तथा शैक्षिक भवन निर्माणको कार्यान्वयन जिल्ला समन्वय समितिले गरेको हो । यस नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ । शिक्षाको क्षेत्रमा पूर्वाधार विस्तार गर्ने नेपाल सरकारको प्रयासलाई पुरा गर्ने सहयोगीको रुपमा रहेको यस परियोजना सग जोडिन पाएकोमा भारत सरकार खुशी व्यक्त गरेको छ ।