३ भाद्र २०८३, बुधबार
,
Latest
सूचनाको हक कार्यान्वयनको सम्झनामा राष्ट्रिय सूचना दिवस मनाइँदै वर्षाजन्य विपद्ः विभिन्न सडकमा यातायात अवरुद्ध महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्ने अन्तरिक्ष प्रविधिमा चीनको नयाँ सफलताः ‘जुके–३’ रकेटको पहिलो खण्ड जमिनमा सफल अवतरण खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला कावुलको एक विद्यालय बाहिर विस्फोट, धेरै विद्यार्थी घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

कस्तो रह्यो यो सिजनको प्रिमियर लिग ?



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग सकिएको छ । गएराति एकै समयमा १० खेलहरु सञ्चालन भए ।

लिग विजेता लिभरपुल क्रिस्टल प्यालेससँग १–१ को बराबरीमा रोकिँदा युरोपा लिग जितेको टोटेनहमले ब्राइटनसँग १–४ को लज्जास्पद हार ब्यहोर्यो ।

यस्तै, आर्सनल, चेल्सी र म्यान्चेस्टर सिटीले जित निकाल्दै सिजन सकाए । यसअघिका संस्करणमा अन्तिम खेलसम्म पनि विजेताको टुंगो लाग्ने थिएन, तर यो सिजनमा भने लिभरपुल चार खेल आगावै च्याम्पिय बन्यो ।

प्रिमियर लिगका ६ टोलिले च्याम्पियन्स लिगमा स्थान बनाएका छन् । जसमध्ये विजेता लिभरपुल, दोस्रो स्थानको आर्सनल, तेस्रो स्थानको म्यान्चेस्टर सिटी, चौथो स्थानको चेल्सी र पाँचौं स्थानको न्युक्यासल युनाइटेड च्याम्पियन्स लिगको समूह चरणमा प्रवेश गरे ।

यता, युरोपा लिगको विजेताको हैसियतमा टोटेनहम पनि सिधै समूह चरणमा प्रवेश गर्यो । अंकतालिकामा भने टोटेनहम रेलिगेशनमा परेको टोलिभन्दा एकस्थान माथि (१७ औं) स्थानमा छ ।

छैटौं स्थानको एस्टन भिल्ला र १२ औं स्थानको क्रिस्टल प्यालेस भने युरोपा लिगमा छनोट भए । प्यालेसले एफए कपको विजेताको हैसियतमा युरोपा लिग खेल्ने भएको हो । प्यालेसले मे १७ मा म्यान्चेस्टर सिटीलाई १–० गोलले हराउँदै पहिलोपटक उपाधि जितेको थियो ।

सदा झैँ यो पटक पनि तीन टोलि रेलिगेशनमा परे । लेस्टर सिटी, इप्सविच टाउन र साउथह्याम्प्टनलाई अर्को सिजनमा देखिनेछैन । साउथह्याम्प्टनको लिगमा निकै झुर प्रदर्शन रह्यो । पुछारमा रहेको टोलिले ३८ खेलमा केवल दुई जितमात्र निकाल्दा ६ बराबरी खेल्यो भने ३० खेलमा हार ब्यहोर्यो ।

लिभरपुलका मोहम्मद सलाहले गोल्डेन बुट जिते । उनले सर्वाधिक २९ गोल गरे । यस्तै, उनले उत्कृष्ट प्लेमेकरको अवार्ड पनि हात पारे । उनले सर्वाधिक (१८) असिस्ट गर्दै यो अवार्ड हात पारेका हुन् । सलाह एकैपटक यी दुई अवार्ड हात पार्ने पहिलो खेलाडी पनि बने ।

आर्सनलका गोलकिपर डेभिड राया र नटिङहम फरेस्टका किपर म्याट्ज सेल्सले गोल्डेन ग्लोब अवार्ड हात पारे । दुबैले १३–१३ क्लिनसिट्स राखेका थिए ।

म्यान्चेस्टर युनाइटेडका ब्रुनो फर्नान्डेज, आर्सनलका लेविस स्केली र साउथह्याम्प्टनका ज्याक स्टेफेन्सले सिजनमा दुई–दुई रातो कार्ड खाए । यस्तै, इप्सिविचका लियाम डिलाप, साउथह्याम्प्टनका फ्लाइन डाउन्स र फुलहमका सासा लुकिचले १२–१२ वटा पहेँलो कार्ड खाए ।

लिभरपुलका भ्यान डाइकले सर्वाधिक (३,३४७) पटक बल टच गरे । लिभरपुलकै सलाहले १३० पटक पोस्टमा प्रहार गरे ।

क्लबको कुरा गर्दा लिभरपुलले सबैभन्दा बढी गोल गर्यो । उसले विपक्षीको पोस्टमा ८६ गोल गर्यो । यस्तै, लिभरपुलले नै १४ पटक क्लिनसिट राख्न सफल भयो ।