१९ मंसिर २०८२, शुक्रबार
,
Latest
जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ? अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

कस्तो रह्यो यो सिजनको प्रिमियर लिग ?



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग सकिएको छ । गएराति एकै समयमा १० खेलहरु सञ्चालन भए ।

लिग विजेता लिभरपुल क्रिस्टल प्यालेससँग १–१ को बराबरीमा रोकिँदा युरोपा लिग जितेको टोटेनहमले ब्राइटनसँग १–४ को लज्जास्पद हार ब्यहोर्यो ।

यस्तै, आर्सनल, चेल्सी र म्यान्चेस्टर सिटीले जित निकाल्दै सिजन सकाए । यसअघिका संस्करणमा अन्तिम खेलसम्म पनि विजेताको टुंगो लाग्ने थिएन, तर यो सिजनमा भने लिभरपुल चार खेल आगावै च्याम्पिय बन्यो ।

प्रिमियर लिगका ६ टोलिले च्याम्पियन्स लिगमा स्थान बनाएका छन् । जसमध्ये विजेता लिभरपुल, दोस्रो स्थानको आर्सनल, तेस्रो स्थानको म्यान्चेस्टर सिटी, चौथो स्थानको चेल्सी र पाँचौं स्थानको न्युक्यासल युनाइटेड च्याम्पियन्स लिगको समूह चरणमा प्रवेश गरे ।

यता, युरोपा लिगको विजेताको हैसियतमा टोटेनहम पनि सिधै समूह चरणमा प्रवेश गर्यो । अंकतालिकामा भने टोटेनहम रेलिगेशनमा परेको टोलिभन्दा एकस्थान माथि (१७ औं) स्थानमा छ ।

छैटौं स्थानको एस्टन भिल्ला र १२ औं स्थानको क्रिस्टल प्यालेस भने युरोपा लिगमा छनोट भए । प्यालेसले एफए कपको विजेताको हैसियतमा युरोपा लिग खेल्ने भएको हो । प्यालेसले मे १७ मा म्यान्चेस्टर सिटीलाई १–० गोलले हराउँदै पहिलोपटक उपाधि जितेको थियो ।

सदा झैँ यो पटक पनि तीन टोलि रेलिगेशनमा परे । लेस्टर सिटी, इप्सविच टाउन र साउथह्याम्प्टनलाई अर्को सिजनमा देखिनेछैन । साउथह्याम्प्टनको लिगमा निकै झुर प्रदर्शन रह्यो । पुछारमा रहेको टोलिले ३८ खेलमा केवल दुई जितमात्र निकाल्दा ६ बराबरी खेल्यो भने ३० खेलमा हार ब्यहोर्यो ।

लिभरपुलका मोहम्मद सलाहले गोल्डेन बुट जिते । उनले सर्वाधिक २९ गोल गरे । यस्तै, उनले उत्कृष्ट प्लेमेकरको अवार्ड पनि हात पारे । उनले सर्वाधिक (१८) असिस्ट गर्दै यो अवार्ड हात पारेका हुन् । सलाह एकैपटक यी दुई अवार्ड हात पार्ने पहिलो खेलाडी पनि बने ।

आर्सनलका गोलकिपर डेभिड राया र नटिङहम फरेस्टका किपर म्याट्ज सेल्सले गोल्डेन ग्लोब अवार्ड हात पारे । दुबैले १३–१३ क्लिनसिट्स राखेका थिए ।

म्यान्चेस्टर युनाइटेडका ब्रुनो फर्नान्डेज, आर्सनलका लेविस स्केली र साउथह्याम्प्टनका ज्याक स्टेफेन्सले सिजनमा दुई–दुई रातो कार्ड खाए । यस्तै, इप्सिविचका लियाम डिलाप, साउथह्याम्प्टनका फ्लाइन डाउन्स र फुलहमका सासा लुकिचले १२–१२ वटा पहेँलो कार्ड खाए ।

लिभरपुलका भ्यान डाइकले सर्वाधिक (३,३४७) पटक बल टच गरे । लिभरपुलकै सलाहले १३० पटक पोस्टमा प्रहार गरे ।

क्लबको कुरा गर्दा लिभरपुलले सबैभन्दा बढी गोल गर्यो । उसले विपक्षीको पोस्टमा ८६ गोल गर्यो । यस्तै, लिभरपुलले नै १४ पटक क्लिनसिट राख्न सफल भयो ।