काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बिहान ९ बजे बैठक बस लागेको हो ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार क्रियाशील सदस्यताका विषयमा छलफल गर्नका लागि सभापति देउवाले बैठक बोलाएका हुन् ।
महामन्त्री गगन थापाले क्रियाशील सदस्यता नवीकरणको अवस्था बारे जानकारी गराउन बैठक डाकिएको पौडेलले जानकारी गराए । थापा सदस्यता व्यवस्थापन समितिको संयोजक हुन् ।
पदाधिकारी बैठकमा समसायिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुने मुख्य सचिव पौडेलले जानकारी गराए ।
यस्तै बैठकमा गृहमन्त्री रमेश लेखकमाथि उठेका प्रश्नको विषयमा समेत छलफल हुने बताइएको छ ।










