१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

घुसखोरका अभियुक्तले अख्तियारको हिरासत खचाखच

घुसखोरका अभियुक्तले अख्तियारको हिरासत खचाखच
अ अ+ अ-

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारविरुद्धको कारबाहीमा लकडाउनको अवधिमा २७ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको छ । अख्तियारको कारबाहीमा रंगेहात पक्राउ परेकालाई राखिँदा अख्तियारको हिरासत भरिएको हो ।

१६ जना क्षमता भएको अख्तियारको हिरासत कक्षमा बुधबारसम्म १९ जना पुगेका छन् । रंगेहात पक्राउ गर्ने अख्तियारको काम निरन्तर चलिरहे पनि राख्ने ठाउँको अभाव देखिन थालेको छ । अख्तियारले लकडाउनको अवधिमा ३ हजार रुपैयाँ घुस खानेदेखि ८ लाख ५० हजार रुपैयाँ घुस लिनेसम्मलाई नियन्त्रणमा लिएको थियो । जसमध्ये केहीलाई अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरिसकेको छ ।

रंगेहात पक्राउ परेर हाल हिरासतमा राखिएकामध्ये धेरै मालपोतका कर्मचारी र इन्जिनियर छन् । हिरासतमा रहेकालाई क्रमबद्ध रूपमा अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गर्ने प्रक्रिया अगाडि बढाएको अख्तियार स्रोतले जानकारी दियो ।

अख्तियारको हिरासतमा रहेकामध्ये मालपोत कार्यालयका ६ जना र इन्जिनियर ५ जना छन् । बाँकी प्रहरी, स्थानीय प्रशासन, खानेपानी विभाग, सडक विभागका कर्मचारी, लेखापाल, लेखापढी व्यवसायी, कार्यालय सहयोगीलगायत छन् ।

त्यस्तै, अख्तियारले नक्कली शैक्षिक प्रमाणपत्र, अनियमिततामा संलग्न १ सयभन्दा बढी फाइलको अध्ययन गरिरहेको स्रोतले जानकारी दियो ।

लकडाउन सुरु भएको दिन अख्तियारले रौतहटको यमुनामाई गाउँपालिका–३ का वडासदस्य रामविश्वास मुखिया र निरगुन पासवान ९दुसाद०लाई १३ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो । १९ वैशाखमा अख्तियारले कैलालीको सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष विर्खे धामीलाई ५० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको थियो ।

२८ वैशाखमा अख्तियारको टोलीले नुवाकोट डिभिजन वन कार्यालयका प्रमुख डिभिजन अधिकृत जयमंगल प्रसादलाई १ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो । उनले खानीसम्बन्धी कामका लागि विभिन्न बहाना बनाएर काम अवरोध गर्दै सेवाग्राहीसँग घुस मागेसँगै नियन्त्रणमा लिएको हो । अनुसन्धान पूरा गरेर अख्तियारले १८ जेठमा वन कार्यालय नुवाकोटका प्रमुख जयमंगल प्रसादविरुद्ध ६ लाख बिगो मागदाबीसहित भ्रष्टाचार मुद्दा आइतबार विशेष अदालतमा दर्ता गरेको छ ।

आयोगले अभियोगपत्रमा प्रमुख प्रसादले ६ लाख रुपैयाँ घुस लिएर चुनढुंगा उत्खननको अनुमति दिन सहमति जनाएकाले यसमा उनको बदनियत मनसाय पुष्टि भएकाले सोहीअनुसारको बिगो मागदाबी गरेको जनाएको छ । उनले चुनढुंगा निकासी गर्न छोडपुर्जी दिने सर्तमा १ लाख तत्काल र ५ लाख रुपैयाँ काठमाडौंमा लिने सहमति जनाएका थिए ।

७ जेठमा अख्तियारले जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय मोरङका सिनियर डिभिजन इन्जिनियर आनन्दकुमार झालाई १० हजार रुपैयाँसहित नियन्त्रणमा लिएको थियो । २१ जेठमा आयोगले ताप्लेजुङ डिभिजन वन कार्यालयका सहायक वन अधिकृत जीवनकुमार यादव र कार्यालय सहायक वन अधिकृत वीरेन्द्रप्रसाद शाहलाई जनही १/१ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो ।

२३ जेठमा सिन्धुलीको तिनपाटन गाउँपालिका–१० का जनकल्याण वैज्ञानिक वन व्यवस्थापन कोषाध्यक्ष मीनबहादुर घोलेसमेत दुई जनालाई ३ लाख ३० हजार ५ सय घुस रकमसहित नियन्त्रणमा लिएको थियो । २४ जेठमा पाल्पा, रैनादेवी गाउँपालिका–७ का वडाध्यक्ष देवेन्द्र पुन ३ लाख रुपैयाँ घुससहित अख्तियारले नियन्त्रणमा लिएको थियो ।

लकडाउन खुकुलो भएपछि सरकारी कार्यालय खुल्ने निर्णय गरेसँगै ३ असारमा भूमिसुधार तथा मालपोल कार्यालय डिल्लीबजार, काठमाडौंबाट ८ लाख ५० हजार घुस रकमसहित मालपोत अधिकृत रघुवंश कँडेल, नासु क्रमशः उद्वव सापकोटा, नारायणप्रसाद पोखरेल, नवराज घिमिरे, गोपाल खड्का र खरिदार दीपक खनाललाई नियन्त्रणमा लिएको थियो ।

११ असारमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाशसिंह कार्की र कानुन व्यवसायी हिमाल विक्रम विष्टले कार्यालयमा परेको मुद्दा सहजीकरण गरिदिने भन्दै मागेको ५० हजार रुपैयाँ घुससहित अख्तियारको फन्दामा परे । उनी मात्रै होइन, २३ असारमा जिल्ला सर्लाही, प्रहरी चौकी गौरीशंकरका प्रहरी सहायक निरीक्षक रामविश्वास राय यादव ५ हजार घुस रकमसहित पक्राउ परे । उनले भारतीय नम्बरको मोटरसाइकल नियन्त्रणमा लिई छुटाइदिने प्रयोजनका लागि घुस रकम मागेका थिए ।

यस्तै, १७ असारमा आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख (इन्जिनियर) टोपेन्द्र सुन्दर मल्ल सबइन्जिनियर वीरेन्द्र चन्द, सबइन्जजिनियर रञ्जित श्रेष्ठ र सुरपभाइजर लक्ष्मी पाण्डेलाई २ लाख ४१ हजार १६ रुपैयाँसहित नियन्त्रणमा लिएको थियो । उनीहरूले खोला तटबन्धन निर्माण कार्य सम्पन्न भएपश्चात् भुक्तानीमा सहजीकरण गरिदिने भनी घुस रकम मागेका थिए ।, समाचार राजधानी दैनिकमा प्रकाशित छ ।