५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनीलाई अन्तरराष्ट्रिय धार्मिक गन्तव्य बनाउन पहल गरिएको छ : मुख्यमन्त्री आचार्य



फाइल फोटो
अ+ अ-

लुम्बिनी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले लुम्बिनीलाई अन्तर्राष्ट्रिय धार्मिक, सांस्कृतिक र आध्यात्मिक गन्तव्यका रूपमा विकास गर्न पहल गरेको बताउनुभएको छ ।

उहाँले प्रदेश सरकारले लुम्बिनीलाई बौद्ध तीर्थयात्रा र आध्यात्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न खोजेको बताउनुभयो । तेस्रो बौद्ध अन्तरराष्ट्रिय यात्रा मेला–२०८२ को समापन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले यस यात्राले लुम्बिनीलाई मात्र नभई समग्र नेपाललाई बौद्ध तीर्थयात्रा र आध्यात्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुगेको विश्वास व्यक्त गर्नुभयो ।

नेपाल पर्यटन व्यवसायी सङ्घ (नाट्टा) को आयोजना तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, लुम्बिनी विकास कोषलगायतका निकायको सहकार्यमा यात्राको आयोजना गरिएको हो ।

प्रदेश सरकारले बौद्ध सर्किट र समग्र लुम्बिनीको विकासका लागि ‘लुम्बिनी पर्यटन सर्किट’को अवधारणा अघि बढाएको र यसले लुम्बिनीलाई नयाँ उचाइमा पु¥याउने अपेक्षा गरिएको उहाँको भनाइ छ । लुम्बिनीलाई केन्द्रमा राखी देवदह, रामग्राम, तिलौराकोटलगायत सम्पदालाई जोड्दै बौद्ध सर्किटको विकासलाई उच्च प्राथमिकतामा राखिएको छ ।

लुम्बिनी विकास गुरुयोजनाको प्रभावकारी कार्यान्वयन तथा लुम्बिनी विकास प्राधिकरण गठनको तयारी भइरहेको मुख्यमन्त्री आचार्यले जानकारी दिनुभयो । मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले प्राचीन स्मारक, पुरातात्विक र सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धन, पर्यटकीय सूचना प्रवाहका लागि डिजिटल प्लेटफर्मको विकास, उत्तरगण्डकी महास्नान मेला, रुरु क्षेत्रको गुरुयोजना कार्यान्वयन, विभिन्न मेला–महोत्सवको आयोजना, होमस्टे प्रवर्द्धनलगायतका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइरहेको बताउनुभयो ।

“लुम्बिनी प्रदेशलाई मुलुककै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने हाम्रो लक्ष्य हो,” मुख्यमन्त्री आचार्यले भन्नुभयो, “टुरिजमले रोजगारी सिर्जना, आर्थिक विकास र नेपालको अन्तरराष्ट्रिय पहिचान अभिवृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने छ भन्ने हाम्रो दृढ विश्वास छ ।”

प्रदेश सरकारले आगामी आर्थिक वर्षभित्र पर्यटन क्षेत्रको योगदान कूल गार्हस्थ उत्पादनमा चार प्रतिशतबाट सात प्रतिशतमा पु¥याउने र आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या २२ लाख नाघ्ने लक्ष्य लिएको उहाँले जानकारी दिनुभयो । लुम्बिनीलाई आध्यात्मिक अनुसन्धान केन्द्रका रूपमा विकास गरी संरचना र सेवा सुविधायुक्त बनाउँदै विश्व शान्तिको सन्देश फैलाउने दिशामा प्रदेश सरकार दृढताका साथ लागिपरेको मुख्यमन्त्री आचार्यले उल्लेख गर्नुभयो ।

नेपालको बौद्ध धर्मसम्बन्धी तीर्थ पर्यटन प्रवर्द्धनका लागि केन्द्रित यो यात्रा नेपालसहित अन्तरराष्ट्रिय बजारमा बौद्ध पर्यटन प्रवर्द्धन गर्न महत्वपूर्ण मानिएको छ । यात्रामा पर्यटन क्षेत्रका सरोकारवाला, आध्यात्मिक व्यक्तित्व, प्रदर्शक तथा विदेशी प्रतिनिधिको सहभागिता रहेको छ । यस यात्राले नेपालमा धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्दै, विशेषतः लुम्बिनीलाई विश्वसामु अझ सशक्त रूपमा प्रस्तुत गर्ने विश्वास गरिएको छ । रासस