११ श्रावण २०८३, सोमबार
,
Latest
डिजिटल प्रणालीमार्फत १७३ कर्मचारीको सरुवा मानव अधिकार आयोगको अपिल भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल सुनसरी घटनाको विरोधमा जनकपुरधाममा प्रदर्शन सुनसरी घटनाको निष्पक्ष छानबिनको माग गर्दै सभापति थापाद्वारा संयम अपनाउन अपिल देवानगञ्ज घटनामा मृतकप्रति मुख्यमन्त्री कार्कीको श्रद्धाञ्जली, सामाजिक सद्भाव कायम राख्न आग्रह इतिहास लेखनलाई तथ्यमा आधारित बनाउन सर्वमान्य संयन्त्र गठन गर्नुपर्छः सांसदहरू पिआर लिएका दुई नापी अधिकृतलाई भविष्यमा सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस भाषा, संस्कृति र इतिहास संरक्षणमा राज्य गम्भीर बन्नुपर्छः उपाध्यक्ष भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकी प्रदेशसभाको आठौँ अधिवेशन सुरु



अ+ अ-

गण्डकी। गण्डकी प्रदेशसभाको आठौँ अधिवेशनको पहिलो बैठक आजदेखि सुरु भएको छ ।

बैठकको सुरुमा गण्डकी प्रदेशसभाका सभामुख कृष्णप्रसाद धितालले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउनुभएको थियो ।

यसपछि शून्य समयमा प्रदेशसभा सदस्यहरूले बर्सात नजिकिँदै गर्दा सम्भाव्य प्राकृतिक प्रकोपबारे बेलैमा सचेततासँगै पूर्वतयारी गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रदेशसभा सदस्य टीकाकुमारी बस्यालले गण्डकीमा एउटा जिल्ला तराईबाहेक सबै पहाडी र हिमाली जिल्ला रहेकाले सम्भाव्य प्राकृतिक जोखिमका सम्बन्धमा बेलैमा सचेत हुनुपर्ने बताउनुभयो । सदस्य डिल्लीराम सुवेदीले जल तथा मौसम विज्ञान विभागले यस वर्ष विगत ३० वर्षभन्दा ठूलो परिणाममा वर्षा हुने भनेको सन्दर्भमा समयमा नै विपद् जोखिमबाट बच्ने गरी अतिरिक्त व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

प्रदेशसभा सदस्य विकल शेरचनले पनि हिमाली जिल्लामा हुने जोखिमको पूर्वआकलन गर्न जरुरी भएको बताउनुभयो । विगतमा कागबेनीमा आएको बाढी यसैको परिणाम भएको भन्दै उहाँले यसतर्फ सचेत बन्नुपर्ने बताउनुभयो ।

प्रदेशसभा सदस्य प्रकाश बरालले गत वर्ष फेवाफाँटको धानमा लागेको गबारोका कारण रु एक करोड २८ लाख बराबरको क्षति ब्यहोरोका किसानहरू अझै पनि राहतको आशामा रहेकाले त्यसको सम्बोधन हुनुपर्नेमा जोड दिनुभयो । किसानले यस वर्ष बीउ राख्ने वा नराख्ने भन्दै अन्योलमा रहेकाले कृषि तथा भूमि व्यवस्था मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।

प्रदेशसभा सदस्य पञ्चारम गुरुङले हालै वर्षाका कारण स्याङ्जाको आँधी खोलास्थित जुग्लेबजारमा क्षति पु¥याएको उल्लेख गर्दै यहाँका १०÷११ घर उच्च जोखिममा भएकाले बस्तीलाई जोखिमबाट जोगाउन ध्यानाकर्षण गराउनुभयो ।

शून्य समयमा प्रदेशसभा सदस्यहरू अशोककुमार श्रेष्ठ, देवका पहारी, नन्दकला दमै, भक्तबहादुर कुँवर, भीमबहादुर कार्की, भोजराज अर्याललगायतले विभिन्न समसामयिक विषयमा प्रदेशसभा तथा सरकारको ध्यानाकर्षण गराउनुभयो ।  रासस