२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

काममा ढिलासुस्ती नगर्न कर्मचारीलाई ऊर्जामन्त्री खड्काको निर्देशन



अ+ अ-

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मन्त्रालय र मातहतका निकायमा हुने काममा ढिलासुस्ती नगर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

ऊर्जा मन्त्रालय र मातहतका उच्च कर्मचारीको आज मन्त्रालयमा बसेको बैठकमा उहाँले काममा अल्छीपन र ढिलासुस्ती नगर्न निर्देशन दिनुभएको हो । “मन्त्रालय र अन्तर्गतका निकायमा फाइल रोकिने कुरा आएको छ, तीन दिनभित्र कुनै पनि फाइलको छिनोफानो हुनेगरी काम गर्नुहोस्”, मन्त्री खड्काले भन्नुभयो,“मन्त्रालयअन्तर्गतका निकायमा अझै पनि चित्तबुझ्दो प्रगति हासिल गर्न सकिएको छैन । यसमा गम्भीर भएर काम गरौँ ।”

कर्मचारीलाई पुरस्कार र दण्डको व्यवस्था गरे मात्र हामीले लिएको लक्ष्य हासिल गर्न सहज हुने उहाँको भनाइ थियो । “कर्मचारी स्थायी सरकार भन्छौँ, काम स्थायी देखिँदैन, आफूले पाएको जिम्मेवारीलाई इमान्दारपूर्वक निर्वाह गरौँ”, मन्त्री खड्काले भन्नुभयो । उहाँले चाँडै नै बर्सात सुरुआत हुन लागेकाले यसबाट हुने जोखिम न्यूनीकरणका लागि सूचना प्रवाहलाई जनस्तरसम्म पु¥याउन जल तथा मौसम विज्ञान विभागलाई निर्देशन दिनुभयो ।

बैठकमा राज्यमन्त्री खमबहादुर गर्बुजा, ऊर्जा सचिव सुरेश आचार्य, जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडी, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सञ्जीव बराल, जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, मन्त्रालयका सहसचिवलगायत मातहतका निकायका उच्च कर्मचारीको सहभागिता रहेको थियो ।

बैठकमा मन्त्रालय र मन्त्रालय मातहतका निकायमा वैशाख मसान्तसम्म भएको भौतिक तथा वित्तीय प्रगति विवरण प्रस्तुत गरिएको थियो । रासस