२७ जेष्ठ २०८३, बुधबार
,
Latest
नापी कार्यालयको सेवा लिँदा ‘मेरो कित्ता’मार्फत राजस्व तिर्नुपर्ने साम्पाङलाई बोल्न दिएपछि हट्यो सदनको अवरोध प्रतिनिधि सभाको १५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन सुदूपश्चिम प्रदेशका २६ पालिकाले उठाएनन् रासायनिक मल, तुरुन्त नलगे डिपोबाटै बिक्री गरिने चेतावनी प्रधानमन्त्रीको अभिव्यक्तिको स्पष्टिकरण परराष्ट्रमन्त्रीले दिने अवस्था आउनु नै दुर्भाग्यपूर्ण छः ज्ञानबहादुर शाही सीमाका विषयमा सत्ता–प्रतिपक्ष एकताबद्ध हुन राप्रपा नेता शाहीको आग्रह, प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन माग समय नमागेको भन्दै बोल्ने अवसर नदिएपछि श्रम संस्कृति पार्टीका सांसदहरूले गरे संसदमा नाराबाजी दरबार हत्याकाण्डको मात्रै होइन, मदन भण्डारी मृत्यु प्रकरणको पनि छानविन गरौँः कुलमान घिसिङ प्रधानमन्त्री बालेन्द्र साह सीमा, राष्ट्रियता र राष्ट्रिय स्वाभिमानका विषयमा नागरिकलाई विभाजित गर्न अग्रसरः नेकपा प्रधानमन्त्रीले नै संसद्मा स्पष्टीकरण दिनुपर्ने एमालेको माग, परराष्ट्रमन्त्रीको जवाफप्रति असहमति
तपाईं के खोज्दै हुनुहुन्छ ?

गङ्गा दशहरा पर्व विशेषः गोसाइँकुण्ड जानेको चलहपहल सुरु



अ+ अ-

रसुवा। गङ्गा दशहरा पर्वको पावन अवसरमा पवित्र तीर्थस्तल गोसाइँकुण्ड जाने भक्तजनको अहिले यहाँ चहलपहल सुरु भएको छ ।

यही जेठ १३ गतेदेखि सुरु हुने सो मेला भर्न आउने भारतीयसहित नेपाली तीर्थालुको जिल्ला सदरमुकाम धुञ्चेसहित आसपासका क्षेत्रमा चहलपहल देखिएको छ । समुद्री सतहबाट चार हजार ३८० मिटर उचाइमा रहेको गोसाइँकुण्डमा यही जेठ २४ गतेसम्म लाग्ने धार्मिक मेलामा जाने भक्तजनको उल्लेख्य उपस्थिति रहेको जिल्ला प्रहरी कार्यालय, रसुवाका प्रमुख हेमबहादुर शाहीले बताउनुभयो ।

गङ्गा दशहरा पर्वका अवसरमा यस वर्ष मित्रराष्ट्र भारतसहित टाढाबाट समेत धार्मिक पर्यटक आउने क्रम सुरु भएको बताउँदै जिल्ला प्रहरी प्रमुख शाहीले सोही अनुसार सुरक्षा व्यवस्थासहित आवश्यक तयारी गरेको स्पष्ट गर्नुभयो । गोसाइँकुण्ड क्षेत्र विकास समितिले काठमाडौँदेखि धुञ्चेसम्मको मोटर यात्रापछि पैदल यात्रा सुरु भई तिवारी बगर, खन्ती, देउराली, डिम्सा, चोलाङपाटी हुँदै गोसाइँकुण्ड पुग्न सकिने बताउँदै पैदल यात्राका क्रममा समस्या भए सहजीकरण गर्ने प्रतिबद्धता गरेको छ ।

पवित्र तीर्थस्थल गोसाइँकुण्डमा विशेष पर्व गङ्गा दशहरा पर्वमा १० दिन र जनैपूर्णिमा पर्वमा पाँच दिन गरी वर्षको १५ दिन विशेष मेला लाग्ने गर्दछ । गोसाइँकुण्डमा स्नान गरी धुन्चे आइपुग्नुभएका कृषि वैज्ञानिक डा ताराबहादुर घिमिरेले जिन्दगीमा एकपटक भए पनि पुग्नैपर्ने हाम्रो धार्मिक आस्थाको केन्द्र शिव शङ्कर भगवान् विराजमान कुण्ड गोसाइँकुण्ड पुगी स्नान गर्न सबैलाई सुझाव दिनुभयो ।  रासस




भर्खरै