१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति

उपत्यकामा संक्रमितको संख्या बढेपछि पीसीआर परीक्षण व्यापक गर्ने तयारी

उपत्यकामा संक्रमितको संख्या बढेपछि पीसीआर परीक्षण व्यापक गर्ने तयारी
अ अ+ अ-

काठमाडौंँ । कोरोना भाइरस रोगले राजधानी उपत्यकालाई च्याप्न थालेपछि सरकारले व्यापक रूपमा पीसीआर परीक्षण गर्ने भएको छ । राजधानी उपत्यकामा दिनहुँ कोरोना सङ्क्रमित बढ्न थालेसँंगै सरकारले उपत्यका तथा बाहिर ४५ हजारभन्दा बढी व्यक्तिको कोरोना परीक्षण गर्ने भएको हो । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै परीक्षणको दायरा बढाउन लागिएको जानकारी दिनुभयो ।

परीक्षणको नयाँ मापदण्ड
अहिलेसम्म क्वारेन्टाइनमा रहने व्यक्तिहरूको मात्र परीक्षण हुँदै आएको थियो अब भने क्वारेन्टाइन बाहिरका व्यक्तिको पनि परीक्षण गरिने छ । रोग नियन्त्रण महाशाखा प्रमुख डा। पाण्डेले स्पष्ट पार्नुभयो, “अब क्वारेन्टाइन बाहेकका व्यक्तिको कोरोना परीक्षण गरिने छ ।” उहाँका अनुसार बढी भीडभाड हुने कार्यालयका कर्मचारी, फ्रन्टलाइनमा खटिने सुरक्षाकर्मी, नाकाबाट भित्रिने व्यक्तिहरूको कोरोना परीक्षण गरिने जानकारी दिनुभयो ।

यसबाहेक रेड जोनमा परेका जिल्ला दैलेख, अछाम, रौतहट, कपिलवस्तु, बाँके र पाल्पा लगायतमा कोरोना परीक्षण गरिने छ । धेरै सेवाग्राही आउने मालपोत, खानेपानी, विद्युत्, बैङ्क र अस्पतालजस्ता कार्यालयका अग्रपङ्क्तिमा खटिने कर्मचारीको कोरोना परीक्षण गर्ने तयारी गरिएको बताउँदै उहाँले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट बिहीबार टेकु, कालीमाटी तथा कलङ्की क्षेत्रका कार्यालयमा कार्यरत कर्मचारीको स्वाबको नमुना सङ्कलन गरिने जानकारी दिनुभयो ।

काठमाडौँं उपत्यकामा बन्दाबन्दी खुकुलो भएसंँगै मानिसको भीडभाड हुने, आवतजावत धेरै हुन थालेपछि काठमाडौँमा दैनिक कोरोनाका बिरामी बढ्न थालेका छन् । काठमाडौँ उपत्यकाका विभिन्न १२ स्थानमा समेत कारोना परीक्षण गरिसकेको छ र यो क्रमलाई निरन्तरता दिइने छ ।

शुल्क लिए कारबाही
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पीसीआर परीक्षण गरेबापत केही स्वास्थ्य संस्थाले शुल्क लिइरहेको गुनासो प्राप्त भएको भन्दै त्यस्तो कार्य गरे कारबाही गर्ने जनाएको छ । मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले पीसीआरको शुल्क लिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो । उहाँले पीसीआर परीक्षण सम्बन्धमा सरकारको निर्देशिकाविपरीत कोही–कसैले कार्य गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिने बताउनुभयो । उहाँले देशका केही प्रतिष्ठानहरूले शुल्क लिई पीसीआर परीक्षण भइरहेको भन्ने बुझिन आएको भन्दै पीसीआर परीक्षणको शुल्क सरकारले नै व्यहोरिरहेको बताउनुभयो ।

उपत्यकामा थप २३ सङ्क्रमित
यसैबीच बुधबार काठमाडौँ उपत्यकामा २३ जनासहित थप २५५ जनामा कोरोना भाइरस पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता प्राडा गौतमले पछिल्लो २४ घण्टामा थप २५५ जनामा कोरोना पोजेटिभ देखिएको बताउनुभयो । काठमाडौँंका १६ र ललितपुरका सात जनामा कोरोना पोजेटिभ देखिएको हो ।
पछिल्लो २४ घण्टामा २५५ जना थपिएसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १६ हजार ४२३ पुगेको छ । पछिल्लो २४ घण्टामा २५३ जना निको भएर घर फर्किएका छन् । नेपालमा कोरोना निको भएर घर फर्किनेको सङ्ख्या सात हजार ७५२ पुगेको छ ।, समाचार गोरखापत्र दैनिकमा पकाशित छ ।