१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति

कञ्‍चनपुरमा ३ सयभन्दा बढी घर डुबानमा, ६० घर विस्थापित

कञ्‍चनपुरमा ३ सयभन्दा बढी घर डुबानमा, ६० घर विस्थापित
अ अ+ अ-

कञ्‍चनपुर । दुई दिनयताको वर्षाले जिल्लाका विभिन्न ठाउँ जलमग्न भई डुबानमा परेका छन् । कञ्चनपुर सदरमुकाम महेन्द्रनगर बजारसँगै आसपासका क्षेत्रमा डुबानको समस्या देखिएको हो । भीमदत्त नगरपालिका–१८ को सालघारी र बागबाणी क्षेत्रमा मात्रै तीन सयभन्दा बढी घरटहरा डुबानमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सबै घरभित्र पानी भरिएको छ । डुबानका कारण ६० परिवार विस्थापित भएको डीएसपी अमरबहादुर थापाले बताए । ‘सालघारी क्षेत्रका अधिकांश घर डुबानमा छन्,’ भीमदत्त नगरपालिका–१८ का अध्यक्ष राजेन्द्र पाण्डेले भने, ‘विस्थापित परिवारमध्ये केहीलाई भगतपुरको योगशाला भवनमा सार्‍यौं, केहीलाई आफन्तकहाँ पठायौं ।’ सालघारी क्षेत्रमा सुकुम्बासी र मुक्त कमैयाहरूको बसोबास छ ।

महेन्द्रनगर बजार क्षेत्र पनि जलमग्न बनेको छ । खोलानाला मिचेर घर निर्माण भएपछि निकास बन्द भएका कारण सामान्य वर्षामा समेत बजार क्षेत्र डुबानमा पर्ने गरेको थियो । भुजेलाघाट र झोलुंगे पुल नजिकैका घर पनि डुबानमा परेका छन् ।

महाकाली नगरपालिकाको चाँदनी क्षेत्रमा पनि एक सय घर डुबानमा परेका छन् । पानी केही घटेकाले विस्थापित परिवार घर फर्किन थालेको सशस्त्र प्रहरीको दोधारास्थित बीओपीका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक रामसिंह भण्डारीले बताए । उनका अनुसार बेदकोट नगरपालिका–१० को दैजीमा पनि हुलाकी सडक किनारमा पानी निकास नहुँदा आधा दर्जन घर डुबानमा परेका छन् । सडक निर्माणका क्रममा पानीको निकास नहुँदा घरसँगै खेतसमेत डुबानमा परेको स्थानीय जोगराज रानाले बताए ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।