२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता News Polar जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा

आगामी बजेटका लागि शंकर पोखरेलको १५ बुँदे सुझाब

आगामी बजेटका लागि शंकर पोखरेलको १५ बुँदे सुझाब
अ अ+ अ-

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राज्यको सामर्थ्य वृद्धि नगरी समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पुरा गर्न नसकिने बताउनुभएको छ ।

राज्यको सामर्थ्य वृद्धिका लागि  १५बजेटका माध्यमबाट चाल्नु पर्ने कदमका विषयमा महासचिव पोखरेलले महत्त्वपूर्ण बुँदे सुझाव दिनुभएको छ ।

अनौपचारिक अर्थतन्त्रलाई औपचारिक बनाउनका लागि विशेष योजना आवश्यक रहेको उहाँको धारणा छ । अनौपचारिक अर्थतन्त्र सबै कालो धन नहुने पनि उहाँले स्पष्ट पार्नुभएको छ ।

नेपालको प्राकृतिक श्रोत ढुङ्गा, गिट्टी र बालुवा समेतलाई आय आम्दानीको दिगो श्रोत बनाउने आँट गर्नु पर्ने उहाँको सुझाव छ । ‘निर्माण सामाग्रीको सहज आपूर्ति नहुँदा विकास निर्माण समेत प्रभावित हुने गरेको छ’, सामाजिक सञ्जाल फेसबुकमा पोखरेलले लेख्नु भएको छ ।
नेपालको वन पैदावारको दिगो उपयोगको नीति र योजना अघि बढाउन पोखरेलले सुझाव दिनुभएको छ । निकुञ्ज र संरक्षण क्षेत्र बाहेकको वन क्षेत्रको व्यावसायिक उपयोग गर्ने सहज नीति आउनु पर्ने उहाँको धारणा छ ।

वन क्षेत्रमा रहेका तर विकासका दृष्टिकोणबाट रणनीतिक महत्वको जमिनलाई वन क्षेत्रबाट अलग गरी त्यसको प्रयोग गर्ने सहज व्यवस्था आवश्यक छ रहेको उहाँले उल्लेख गर्नुभएको छ ।

नेपालको उत्पादनको बजारीकरण र कच्चा पदार्थमा आधारित उद्योगलाई प्रतिकूल असर पुग्ने भन्सार राजश्वमा सुधार गर्नु पर्ने उहाँको सुझाव छ । विदेशबाट आयात हुने कच्चा पदार्थको तुलनामा तयारी वस्तुमा आयत कर छुट दिने अवस्था अन्त्य गरिनु पर्ने उहाँले सुझाव दिनुभएको छ । ‘भन्सार दरमा न्यून विजकीकरणको व्यवस्था अन्त्य गरिनु पर्दछ, वास्तविक मूल्यमा आधारित रहेर भन्सार दर लागु गरिनु पर्दछ’, उहाँको सुझाव छ ।

भारतीय पर्यटकहरूले नेपाल आउँदा ल्याउन पाउने नगद रकमको सीमा बढाउनु पर्ने सुझाव पोखरेलले दिनुभएको छ । भारतीय पर्यटकहरूले ल्याउने सवारी साधनलाई भन्सार विन्दुमा नै निश्चित समयका लागि रोड पर्मिटको व्यवस्था मिलाउनु पर्ने सुझाव उहाँको छ ।
भारतबाट आयात हुने तरकारी र फलफूलमा अनिवार्य रूपमा विषादी परीक्षणको व्यवस्था मिलाउनु पर्ने र हरेक वस्तुको ब्राण्डिङ र लेवलिङ अनिवार्य गरिनु पर्ने उहाँको धारणा छ । ‘नेपालबाट निर्यात हुने सबै प्रकारका वस्तुहरूको व्राण्डिङ र लेवलिङ गरेर मात्र निर्यात गर्ने व्यवस्था मिलाउनु पर्दछ’, पोखरेलको सुझाव छ ।

नेपालका प्रमुख सहरहरूमा व्यवसाय दर्ता गरी गरिने सबै प्रकारका आर्थिक कारोबार विद्युतीय प्रणालीबाट गर्ने व्यवस्था गरिनु सुझाव उहाँले दिनुभएको छ ।

उच्च पहाडी र हिमाली क्षेत्रमा मास टुरिजमको विकासका लागि संरक्षण क्षेत्रको जमिन निजी क्षेत्रलाई निश्चित समयका लागि लिजमा दिने व्यवस्था अघि बढाइनु पर्ने सुझाव पोखरेलको छ ।

कृषि उत्पादनलाई प्रवर्धनका लागि अनुदानको व्यवस्था गरिनु उहाँले सुझाव दिनुभएको छ । ‘साना किसानसम्म सहजपुरमा उत्पादनमा आधारित अनुदान पुग्ने व्यवस्था गर्नु पर्दछ’, पोखरेलले दिनुभएको सुझावमा उल्लेख छ ।

स्टार्ट अप योजनालाई वस्तु र सेवाको उत्पादन क्षेत्रमा विस्तार गर्ने गरी पर्याप्त रकमको व्यवस्था गर्नु पर्नु सुझाव उहाँले दिनुभएको छ । यसबाट राष्ट्रिय समार्थ्य वृद्धि भई समृद्ध नेपाल सुखी नेपाली निर्माणको अभियानमा सार्थक योगदान पुग्ने उहाँको धारणा छ ।