काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक अव्हान गरेका छन् ।
सोमबार बिहान ९ बजे बूढानीकण्ठमामा बैठक बस्ने गरी बोलाईएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
क्रियाशील सदस्यताका विषयमा छलफल गर्नका लागि बैठक बोलाईएको मुख्यसचिव पौडेलले बताए । बैठकमा महामन्त्री तथा सदस्यता व्यवस्थापन समितिको संयोजक गगन थापाले क्रियाशील सदस्यता नवीकरणको अवस्था बारे व्रिफिङ गर्ने उनले बताए ।
यस्तै, समसायिक राजनीतिक घटनाक्रम बारे पनि छलफल हुने उनले बताए ।










