३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जोखिम बढेपछि जिल्ला प्रवेश नाकामा कडाइ



अ+ अ-

काभ्रेपलाञ्चोक । कारोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि काभ्रेपलाञ्चोक प्रवेश गर्ने नाकामा थप कडाइ गरिएको छ । साथै अनुमतिबिनाका सवारीलाई पूर्णरूपमा रोक लगाइएको जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले जनाएको छ ।

एक महिनाको अवधिमा काभ्रेपलाञ्चोकका १४ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएपछि जिल्ला प्रवेशनाकामा थप कडाइ गरिएको हो । जिल्लामा प्रवेशनाका मध्यपहाडी तथा पूर्वी क्षेत्रबाट बिपी राजमार्ग हुँदै सवारी आवागमन हुने स्थान मङ्गलटार, सिन्धुपाल्चोक र दोलखाबाट अरनिको राजमार्ग हुँदै आवागमन हुने नाका दोलालघाट तथा काडमाडौँ उपत्यकामा आवागमन हुने मुख्यनाका साँगामा थप कडाइ गरिएको केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताउनुभयो । उहाँका अनुसार सवारी पास अनुमतिको प्रयोगलाई अझ प्रभावकारी बनाइनेछ ।
 
स्वास्थ्य निर्देशिका बमोजिम सवारी साधनमा यात्रा गर्नेले मास्क नलगाएको तथा दूरी कायम नगरेको पाइए पनि कारवाही गरिने तिमल्सिनाले बताउनुभयो । “हाल काभ्रेपलाञ्चोकबाट अन्य जिल्लामा जाने सार्वजनिक यातायात बस, मिनीबस तथा माइक्रोबससमेतलाई पास नदिने निर्णय भएको छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार अन्य सवारीका हकमा पासमा उल्लेख भएका यात्रु सङ्ख्याको बारेमासमेत विशेष निगरानी गरिनेछ ।
 
यसैबीच उच्च जोखिमका कारण बढी जनघनत्व भएका शहरबाट जिल्लामा आउनेलाई स्थानीय क्वारेन्टिन वा होम क्वारेन्टिनमा बस्ने सुनिश्चिततापछि मात्रै अनुमति दिइएको छ । यसका लागि स्थानीय तहले आफ्ना नागरिक कुन क्वारेन्टिनमा बस्ने भन्ने ग्यारेन्टी गरेपछि मात्रै कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला कमाण्ड पोष्टले सहजीकरणको व्यवस्था मिलाएको हो । बढी जनघनत्व भएका काठमाडाँै, पोखरा, विराटनगर, नेपालगञ्ज, बुटवल, भैरहवा, वीरगञ्ज, धनगढी, जनकपुर आदि शहर तथा जिल्ला सदरमुकामबाट आउनेजानेका स्थानीय तहद्वारा सुनिश्चितता गर्नुपर्ने भएको हो । आवागमन गर्ने नागरिक कुन क्वारेन्टिनमा बस्ने भन्ने विषयमा सम्बन्धित पालिकाद्वारा सुनिश्चितता भएपछि मात्रै अनुमति दिइने पोष्टले जनाएको छ ।
 
पोष्टका अनुसार हाल जिल्लामा स्थलमार्ग अथवा हवाईमार्गबाट आउने व्यक्तिले आफ्नो घरमा क्वारेन्टिनसरहको सुविधा भएको ब्यहोरोसहित होम क्वारेन्टिनमा बस्न अनुरोध गर्नुपर्छ र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोकेबमोजिमको होम क्वारेन्टिनसम्बन्धी नियम पालना गर्ने गरी होम क्वारेन्टिन बस्ने अनुमति दिइने निर्णय गरिएको छ । साथै विदेशबाट आएकामध्ये आफैँ खर्च व्यहोर्न सक्नेलाई धुलिखेलस्थित सुविधासम्पन्न होटल क्वारेन्टिन राख्ने तयारीसमेत गरिएको छ ।

हाल करिब २०० नागरिक स्थानीय तहका क्वारेन्टिनमा बसेको पोष्टले जनाएको छ । हालसम्म विदेशबाट १६३ आएका छन् । काभ्रेपलाञ्चोकका स्थानीय तहमा रहेका क्वारेन्टिनको क्षमता विस्तार गर्दै स्वास्थ्य सुरक्षा थप व्यवस्थित गर्न १०० श्यया क्षमताको बनाउने तयारी गरिएको छ । हालसम्म काभ्रेपलाञ्चोकका १४ सङ्क्रमितमध्ये सात उपचारपछि घर फर्किएका छन् ।