२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाबाट भारतमा २१ हजारभन्दा बढिको मृत्यु



अ+ अ-

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट भारतमा मृत्यु हुनेको संख्या २१ हजार नाघेको छ । भारतमा अहिनेसम्म कोरोना भाइरसको कारण २१ हजार १२९ जनाको मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ४८७ जनाको मृत्यु भएको हो । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि सात लाख ६७ हजार २९६ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका २४ हजार ८७९ नयाँ संक्रमित फेला परेका हुन् ।

भारतको सबैभन्दा प्रभावित महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसका दुई लाख २३ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् । अहिलेसम्म नौ हजार ४४८ जनाको मृत्यु भइसकेको छ । दिल्लीमा कोरोना भाइरसका एक लाख चार हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने तीन हजार २१३ जनाको मृत्यु भएको छ । उत्तर प्रदेशमा ३१ हजारभन्दा धेरै संक्रमित फेला पर्दा ८४५ जनाको मृत्यु भएको छ ।

बिहारमा कोरोना भाइरसका १३ हजार १८९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने १०७ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म कोरोना भाइरसका चार लाख ७६ हजार ३७८ जना संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।