२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नदीमा बेपत्ता किशोरको खोजी जारी



अ+ अ-

मार्तडी । बुढीगंगा नगरपालिका–१ अम्कोटमा पर्नें हडडे खोलाबाट बेपत्ता भएका किशोरको खोजी कार्य जारी रहेको रहेको छ । किशोर द्धारीमा रहेको बुढीगंगा नदीमा डुबेर बेपत्ता भएका छन् । गएको सोमबार गाउँमा सञ्चालन भएको विद्युत्को नहर खोलाले भत्काएपछि बनाउन बुढीगंगा नदीमा पौडी खेलेर तर्ने बेलामा बेपत्ता भएका १९ वर्षीय प्रताप थापाको खोजी  भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 

नेपाली सेनाको हेलिकप्टरमा गोताखोरको टोली बाजुरा आएर घटनास्थलमा खोजी गर्न थालेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले जानकारी दिएका छन् । बुधबार प्रदेशको सशस्त्र टोली खोजी कार्यको लागि आवश्यक स्रोत साधनसहित घटनास्थलमा पुगेर खोजी कार्य गरेको प्रहरी प्रमुख भट्टराइले बताए ।

हेलिकप्टरमार्फत आएको गोताखोरको टोली बुधबार नै घटनास्थलमा पुगेर खोजी गरिरहेको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बताएका छन् । बेपत्ता भएका किशोरको सोही क्षेत्र र अछामको आसपासका क्षेत्रमा खोजी गरिने जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।