११ श्रावण २०८३, सोमबार
,
Latest
परराष्ट्र मन्त्रालयको गतिविधिले कुटनीतिक इतिहास लेख्न गाह्रो भयोः इतिहासविद् पोखरेल माडी आउन निकुञ्जभित्रबाट सडक निर्माण हुन्छ : मन्त्री गौतम सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता देवानगञ्ज घटनाको मानव अधिकार आयोगले अनुसन्धान गर्ने नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पाँच जना पक्राउ व्यावसायिक योजना बिना बनेका विमानस्थलमा करोडौँ लगानी, चार विमानस्थल वर्षौँदेखि बन्द काठमाडौंमा ‘बंगलादेश म्याङ्गो डेलिकेसी’ : आँपको स्वादसँगै व्यापार र कूटनीतिक सम्बन्ध प्रवर्द्धन झुण्डिएका तार व्यवस्थापनबारे सञ्चार र ऊर्जा मन्त्री संयुक्त अनुगमनमा जाने नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो पन्छाउन तीन ठाँउमा उपकरण आँपको उत्पादन बढ्यो, घटेन मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेखक बन्न पहिले राम्रो पाठक हुनुपर्छ: शिक्षामन्त्री पन्त



अ+ अ-

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले राम्रो लेखक बन्न राम्रो पाठक पनि बन्नुपर्ने बताउनुभएको छ ।

इन्डिगो इन्क प्रालिले प्रकाशन गरेको साहित्यकार कल्पना रिजालको उपन्यास ‘डाँफे’को आज यहाँ विमोचन गर्नुहुँदै उहाँले पाठक हुन नसक्ने व्यक्ति लेखक बन्न नसक्ने बताउनुभयो । लेख्नका लागि धेरै पढ्नुपर्ने र अरुले लेखेको नपढी लेख्ने साहित्कार सफल हुननसक्ने मन्त्री पन्तको भनाइ थियो ।

समालोचक उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीले उपन्यास राष्ट्र, राष्ट्रियता र देशभक्तिपूर्ण भावका साथै सीमा समस्या अनि समाधानमा केन्द्रित भएको बताउनुभयो । उपन्यासका लेखक रिजालले पाठकको माया पाएर नै आफूले तेस्रो पुस्तक प्रकाशन गर्न सफल भएको बताउनुभयो ।

मन्त्री पन्त, समालोचक उपप्रा ज्ञवाली, लेखक रिजाल, कथाकार भागीरथी श्रेष्ठलगायतले संयुक्त रूपमा उपन्यासको लोकार्पण गर्नुभएको थियो । लेखक रिजालका यसअघि नियात्रा विधाका दुई पुस्तक ‘युरोपसँगैका अनुभूति’ र ‘अर्थदङ्श’ प्रकाशित भइसकेका छन् । रासस