२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता News Polar जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा

भूकम्प प्रभावित १६ छात्रालाई छात्रवृत्ति वितरण

भूकम्प प्रभावित १६ छात्रालाई छात्रवृत्ति वितरण
अ अ+ अ-

कर्णाली। जाजरकोट, रुकुमपश्चिम र सल्यानका भूकम्प प्रभावित १६ जना छात्रालाई छात्रवृत्ति वितरण गरिएको छ । तीन जिल्लामा कक्षा १ देखि १० सम्म अध्ययनरत छात्राहरूलाई गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को सहकार्यमा आज जाजरकोट खलङ्गामा श्री ज्योति फाउन्डेसनले छात्रवृत्ति वितरण गरेको हो ।

गत शैक्षिक सत्रदेखि भूकम्प प्रभावित जिल्लाका छात्रालाई छात्रवृत्ति वितरण गर्दै आइएको बताउँदै फाउन्डेसनका अध्यक्ष ज्योतिकुमारी कटुवालले आगामी कक्षा १० सम्म अध्ययन गर्ने छात्रालाई हरेक वर्ष छात्रवृत्ति वितरण गरिने जानकारी दिनुभयो । “कक्षा १ देखि १० सम्मका १६ जना छात्रालाई गत शैक्षिक सत्रदेखि छात्रवृत्ति वितरण गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “यो कार्यक्रमलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिनेछौँ ।”

अध्यक्ष कटुवालका अनुसार फाउन्डेसनले रुकुमपश्चिमको सानीभेरी गाउँपालिका, चौरजहारी र आठबिसकोट नगरपालिका तथा जाजरकोटको भेरी, नलगाड नगरपालिका र बारेकोट गाउँपालिकाका दुई/दुईजना छात्रालाई जनही रु १० हजारका दरले स्टेसनरी, स्कुल पोसाक, झोलालगायत सामग्री वितरण गर्दै आइरहेको छ । भेरी नगरपालिकाका आमा-बुवा नभएका, विपन्न परिवारका चार जना छात्रालाई पनि छात्रावृत्ति उपलब्ध गराइने उहाँले जानकारी दिनुभयो ।

उहाँले साङ्गीतिक कार्यक्रम आयोजना गरेर जम्मा भएको रकमबाट भूकम्प प्रभावित जिल्लाका छात्रालाई वितरण सुरु गरिएको छात्रवृत्ति आगामी दिनमा कर्णालीका १० वटै जिल्लामा पुर्‍याउने बताउनुभयो ।

कार्यक्रममा भेरी नगरपालिका-१ जाजरकोटका वडाध्यक्ष दीपक रानाले यसले छोरीको शैक्षिक प्रगति र सशक्तिकरणमा सघाउने बताउनुभयो । सानीभेरी गाउँपालिका-१ रुकुमपश्चिमका वडाध्यक्ष टेकबहादुर पुनले भूकम्प प्रभावित क्षेत्रमा शिक्षामा लगानी आवश्यक रहेको बताउँदै जोखिममा परेका बालबालिकालाई फाउन्डेसनले गरेको सहयोग महत्त्वपूर्ण हुने जनाउनुभयो । वडाध्यक्षद्वयले छात्रवृत्ति कार्यक्रमले छोरीहरूलाई पढ्नका लागि प्रेरणा प्रदान गर्नुका साथै उनीहरूको शैक्षिकस्तर विकासमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

भूकम्पका कारण घरबार गुमाएका परिवारका छोरीलाई पूर्ण छात्रवृत्ति दिएर पढ्ने वातावरण दिनु महत्त्वपूर्ण र उपलब्धिमूलक विषय भएको वडाध्यक्षद्वयको भनाइ छ ।

जाजरकोट खलङ्गास्थित भेरी त्रिवेणी माविका प्रधानाध्यापक प्रेम पुनले भूकम्पका कारण पीडित बनेका परिवारका बालिकालाई छात्रवृत्ति कार्यक्रमले पठनपाठनमा सहयोग पुर्‍याएको बताउनुभयो । भूकम्पका कारण कापीकिताब किन्न नसक्ने अवस्थाका बालिकालाई छात्रवृत्ति दिएर फाउन्डेसनले सहयोग गरेकोप्रति कृतज्ञता प्रकट गर्दै उहाँले उक्त कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिन सुझाउनुभयो ।

जाजरकोट नलगाड नगरपालिकामा कक्षा ८ मा अध्ययनरत छात्रा गङ्गा विकले छात्रवृत्तिका कारण आफ्नो पढ्ने वातावरण बनेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “भूकम्पका कारण शरीरमा लगाउने कपडा थिएन । यस्तोमा पढ्ने सपना झन् परको विषय थियो । अहिले फाउन्डेसनले सहयोग गरेपछि पढाइ निरन्तर भइरहेको छ । राम्रो अङ्क ल्याएर उत्तीर्ण पनि भएकी छु । अहिले पठाइको व्यवस्थापन कसरी गर्ने भन्ने समस्या छैन ।” रासस